१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमाविको प्रथमपत्रको परिक्षामा १ हजार १६८ पदको लागि ७४ हजार ४३० भिड्दै ,प्रदेशगत र विषयगत विवरणसहित



काठमाडौ,शिक्षक सेवा आयाेगले शनिवार निम्न माध्यमिक तहको प्रथमपत्रको (वस्तुगत) परिक्षा लिदैछ। देशभरिका सामुदायिक विद्यालयमा रिक्त रहेका १ हजार १६८ पदका लागी सातै प्रदेशका ७४ हजार ४३० जना परिक्षार्थीहरु मोरङ, धनुषा,मकवानपुर,कास्की,दाङ,सुर्खेत र कैलालीमा सहभागी हुने आयोगले जनाएको छ। कोशी प्रदेशबाट १७ हजार ९९ जना,मधेशबाट ६ हजार ७७६ जना,बाग्मती प्रदेशबाट १३ हजार २९४ जना,गण्डकी प्रदेशबाट १२ हजार ८२६ जना,लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेशबाट क्रमश: ७ हजार ७०६ जना,७ हजार २८२ जना र ९ हजार ४४२ जना सहभागी हुनेछन्। सबैभन्दा बढी नेपाली विषयमा २३ हजार ९८२ जना छन्।

आयोगका अनुसार देशभर ९१ पद रिक्त रहेको निमावि नेपालीमा कोशी प्रदेशमा २३ पदका लागी ५ हजार ७९५ जना,मधेश प्रदेशमा १५ पदको लागी २ हजार ७७२ जना,बाग्मती प्रदेशको १२ पदमा ३ हजार ४३० जना,१९ पद रहेको गन्डकीमा ३ हजार ९१३ जना,५ पद रहेको लुम्बिनीमा २ हजार ७६३ जना,६ पद रहेको कर्णालीमा २ हजार ४०६ जना र ११ पद रहेको सुदुरपश्चिममा २हजार ९०६ जनाले प्रतिष्पर्धा गर्ने बताइएको छ।

उता १५७ पद रिक्त रहेको निमावि अंग्रजीमा भने १७ हजार १४५ जना मैदानमा छन्।प्रदेशगतरुपमा भने २३ पद रहेको कोशी प्रदेशमा ३ हजार १७८ जना,२४ पद रहेको मधेशमा १ हजार ८८५ जना,२८ पद रहेको बाग्मतीमा ३ हजार २५६ जना,३६ पद रहेको गन्डकीमा ३ हजार ५९८ जना,५ पद रहेको लुम्बिनीमा १ हजार ३६७ जना,२० पद रहेको कर्णालीमा १ हजार ५८६ जना र २१ पद रहेको सुदुर पश्चिममा २ हजार २७७ जनाले परिक्षा दिदैछन्।

१५८ जना मागिएको निमावि गणितमा भने ८ हजार ४८५ जना सहभागी हुने जनाइएको छ। ५४ जना रिक्त रहेको कोशी प्रदेशमा २ हजार १४७ जना,७ रिक्त रहेको मधेशमा ३५७ जना,३६ जना मागिएको बाग्मतीमा २ हजार १६० जना,३६ नै रिक्त रहेको गण्डकी प्रदेशमा १ हजार ६७५ जना,५ जना रिक्त रहेको लुम्बिनीमा ६०९ जना,११ रिक्त रहेको कर्णालीमा ७६८ जना र ९ जना मागिएको सुदुर पश्चिममा भने ७२९ जना सहभागी हुने बताइएको छ।

निमावि विज्ञानमा भने २९७ पद रिक्त रहेकोमा सातै प्रदेशका ३ हजार ८३३ जनाले परिक्षा दिदैछन्। ८२ जना माग गरिएको कोशी प्रदेशमा ८१६ जना,३७ माग गरिएको मधेशमा ५७५ जना,६८ माग गरिएको बाग्मतीमा ८१५ जना,५९ जना माग गरिएको गण्डकी प्रदेशमा ७२० जना,२१ माग गरिएको लुम्बिनीमा ३७५ जना ,२३ माग गरिएको कर्णालीमा ४२६ जना तथा ७ माग गरिएको सुदुरपश्चिममा ११० जना रहेको आयोगले जनाएको छ।

यसरी नै १०२ जना माग गरिएको सामाजिकमा भने देशभरबाट १४ हजार ८११ जनाले परिक्षा दिदैछन्। २८ माग गरिएको कोशी प्रदेशमा ४ हजार ५४५ जना,५ जना मागिएको मधेशमा १ हजार ५ जना,१९ माग गरिएको बाग्मतीमा ३ हजार ५१२ जना,२८ जना रिक्त रहेको गण्डकीमा २ हजार ७५५ जना,९जना माग गरिएको लुम्बिनीमा भने २ हजार ३१८ जना,१० जना माग गरिएको कर्णालीमा १ हजार ९८६ जना र १२ माग गरिएको सुदुर पश्चिममा ३ हजार ३६५ जनाले परिक्षा दिने आयोगले जनाएको छ।

उता ३५४ जना माग गरिएको गणित/विज्ञानमा भने तुलनात्मकरुपमा कम १हजार ५६६ जनामात्र सहभागी हुने बताइएको छ। १५३ जना माग गरिएको कोशी प्रदेशमा ६५६ जना,२३/२३ माग गरिएको मधेश र कर्णाली प्रदेशमा क्रमश:१७५ र ११९ जना,४१/४१ माग गरिएको बाग्मती र सुदुरपश्चिम प्रदेशमा क्रमश: २१५ र १५२ जना सहभागी हुनेछन्।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ५६ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता