२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेश नामाकरणकाे विराेधमा नेपाली जनजाति सराेकार मन्च बेल्जियमद्वारा विराेध



काठमाडौं, काेशी प्रदेश नामाकरण सम्बन्धमा नेपाली जनजाति सराेकार मन्च बेल्जियमले विराेध गर्दै पहिचान पक्षधरप्रति ऐक्यबद्धता जनाएको छ। न्पाली जनजाति सराेकार मन्च बेल्जियमका अध्यक्ष बदन याेङहाङले विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरकाे आन्दोलनमा ऐेक्यबद्धता जनाउनुभएकाे हाे।

उहाँद्वारा जारी विज्ञप्तिकाे पुरापाठ यसप्रकार रहेकाे बताइएको छ।
हालै प्रदेश नं १ काे नाम काेशी प्रदेश राख्ने प्रदेश सरकारकाे निर्णयप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ।नेपालकाे केन्द्रीकृत सामन्तवादी राज्यसत्ताकाे अन्त्य संगै केन्द्रीय शक्तीलाई विकेन्द्रीकरण गर्ने उद्धेश्यकाे साथ संघिय प्रणालीकाे निर्माण भएकाे हाे।तर याे संरचनाले विगतमा नेपाली जनताले संघियताकाे लागि गरेकाे संघर्षको एजेन्डालाई सम्बाेधन गर्न सकेन।

नेपाल सरकार र सत्ता प्रदेश १ का जनताहरुलाई भड्काउने,उत्तेजना पैदा गराउने र संघियतालाई सत्ताधारी दलका नेता कार्यकर्ता व्यवस्थापन गर्ने गराउने कुण्ठित काममा नियाेजित ढङ्गले लागेक‍ाे छ।उक्त प्रदेशका आदिवासी किराँतीहरुकाे भावनालाई समेट्न किराँतहरुले निरन्तर माग गरिरहेकाे लिम्बुवान किरात प्रदेश नाम नराखेर कसैले माग नगरेकाे र कसैकाे भावना र पहिचान नसमेट्ने काेशी प्रदेश नाम राखिनु अत्यन्तै गैरजिम्मेवार र जनविरोधी काम हाे भन्ने हाम्राे ठहर छ।हामी काेशी प्रदेश नामाकरणलाई तुरुन्त खारेज गरि लिम्बूवान किरात प्रदेश नामाकरण गर्न आव्हान गर्दछौ।पहिचान पक्षधरकाे आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछौं। विश्व पूंजिवादमा देखिएकाे विकृति र नेपालकाे संसदिय दलाल पूंजीवादले जनताकाे माग पूरा गर्न नसक्ने हुनाले सम्पूर्ण श्रमजीवी आन्दोलनकारी जनतालाई वैज्ञानिक समाजवादी संघिय राज्य स्थापनाकाे मार्गमा अगाडि बढ्न हामी आग्रह गर्दछौं ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ४८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको