७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्राथमिक तहमा थपियो पदसंख्या, कोशी प्रदेशमा सबैभन्दा बढि इलाम जिल्लामा १२० जना थपियो।



काठमाडो,शिक्षक सेवा आयोगले प्रकाशित गरेको प्राथमिक तहको शिक्षकको विज्ञापनमा भारी संख्यामा पदहरु थप गरेको छ।सबैभन्दा बढी लमजुङमा खुलातर्फ १०६ जना र कोशी प्रदेशमा इलाममा खुलामा ६६ सहित समावेशीमा ५४ गरेर १२० जना थप गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।

आयोगको अनुसार देशभरका ३६ जिल्लामा पदसंख्यामा थप गरिएको हो। कोशी प्रदेशका८ जिल्लाहरुमध्ये प्ताप्लेजुङमा खुला १६,महिला ४,आदिवासी जनजाती र मधेशी ३/३,दलित,अपाङ्गता र पिक्षेमा १/१ जना थप गरेर जम्मा पदसंख्या ११९ जनाको विज्ञापन गरिंदा पाँचथरमा खुला २२,महिला ६,आदिवासी जनजाती ५,मधेशी ४,दलित अपाङ्गता र पिक्षेमा १/१ जना थप गरिंदा पदसंख्या १७३ पुगेको छ।उता सबैभन्दा बढि थपिएको इलाम जिल्लामा भने खुलामा ६६,महिलामा १८,आदिवासी जनजातीमा १५,मधेशीमा १२,दलितमा ६,अपाङ्गतामा ३ जना थप गरेर जम्मा १८० पदमा विज्ञापन गरिएको छ।

काेशी प्रदेशकै संखुवासभामा भने खुलामा ११,महिलामा ३,आदिवासीजनजातीमा २,मधेशीमा २,दलित र अपाङ्गतामा १/१ जना थप गरेर १७२ पदमा विज्ञापन गरिंदा धनकुटामा खुलामा ११,महिलामा ३,आदिवासी जनजाती र मधेशीमा २/२,दलित र अपाङ्गतामा १/१ जना थप गरेर १२५ जना,मोरङमा खुला २९,महिला ८,आदिवासी जनजाती ७,मधेशी ५,दलितमा २,अपाङ्ता र पिक्षेमा १/१ जना थप गरिंदा जम्मा ११० पदमा विज्ञापन गरिएको छ।उता सोलुखुम्बु जिल्लामा भने खुला २९,महिला ८,आदिवासी जनजाती ७, मधेशी ५,दलित २,अपाङ्गता र पिक्षेमा १/१ थप गरेर १२१ पदमा विज्ञापन गरिंदा ओखलढुङ्गा जिल्लामा खुला ३०,महिला ८,आदिवासी जनजाती ७,मधेशी ६,दलित २,अपाङ्गता र पिक्षेमा १/१ जना थप गरेर १४७ पदमा विज्ञापन गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : १७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज