काठमाडौं,नेपाल शिक्षक संघकाे नवौ राष्ट्रिय महाधिवेशनबाट रुपन्देहीको साेमनाथ गिरी संघिय अध्यक्षमा निर्वाचित हुनुभएको छ।आज सम्पन्न मतगणनामा उहाँले ३०५ मत प्राप्त गरि ७ मतान्तरले विजयी हुनुहुदा निकटतम प्रतिद्वन्दी ओखलढुंगाका गाेकर्ण बानियाले २९८ मत प्राप्त गर्नुभयाे।
उता वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाहिले ३३३ मत प्राप्त गरेर विजयी बन्दा बिर्खबहादुरमल्लले २६६ मत प्राप्त गर्नुभयो ।महिला उपाध्यक्षमा धनकला भन्डारीले ३२१ मतसहित विजयी बन्दा पुस्पकला भट्टराईले २७७ मत प्राप्त गर्नुभयो।
काेशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्काले ३२५ मत प्राप्त गर्नुहुदा लालप्रसाद बाँस्तोलाले २६५ मत मधेश प्रदेश उपाध्यक्षमा छाेटेलालप्रसाद तेलीले ३२५ मत प्राप्त गर्दा राममंगल प्रसाद यादवले २६८ मत प्राप्त गरेर उपविजेता बन्नु भयाे।बागमतीमा सुन्दर पन्तले ३०८ र गन्डकीमा लक्ष्मीप्रसाद रेग्मीले समान ३०८ मत सहित प्रदेश उपाध्यक्षमा विजयी बन्नुभयाे।
लुम्बिनी प्रदेश उपाध्यक्षमा प्रेमबहादुर भन्डारी,कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदुर पश्चिम उपाध्यक्षमा खड्गबहादुर खड्काले क्रमश:३१०,३३३ र २६२ मतसहित विजयी बन्नुभएकाे वताइएकाे छ।महासचिवमा ज्ञानेन्द्र बहादुर रावलले ३०२ मतसहित विजयी बन्दा अर्थ महासचिवमा निर्मला काेइरालाले ३१२ मतसहित विजयी बन्नुभयाे भने उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना,महिला उपमहासचिवमा गिता शिवाकोटी र अर्थ उपमहासचिवमा प्रेमप्रसाद पौडेलले क्रमश:३१९,३११ र ३०९ मतसहित विजयी बन्नुभयाे।
मधेशका उपमहासचिवमा शैलेन्द्र कुमार मन्डल,कर्णाली उपमहासचिवमा कालीबहादुर शाही र समावेशी उपमहासचिवमा सीतादेवि थापाले क्रमश:३०१,३०२ र ३१६ मत प्राप्त गर्दै विजयी बन्नुभएकाे छ।
केन्द्रीय सदस्यमा भने काेशी प्रदेशबाट गंगादेवि गुरुङ,शिवहरी ढकाल र चेतनप्रसाद सुवेदीले क्रमशः३४१,२९९ र २९७ मत पाउँदा मधेशका सदस्यहरुमा माइर कुमारी नेपाली ,नरेन्द्र गिरी र राजकिशाेर यादवले क्रमश: ३०२,२९८ र २९५ मतसहित विजयी बने।बागमतीबाट यसाेदा कुमारी अधिकारी,रामकुमार अधिकारी र तुलसीप्रसाद दंगालले क्रमश:३१७,२५६ र २३९ मत प्राप्त गर्दै विजयी बन्नुहुदा गन्डकी प्रदेशबाट विष्णुमाया भन्डारी,चेतनाथ अधिकारी र कल्याणप्रसाद सुवेदीले क्रमश:३१६,२९४ र २७६ मत सहित विजयी बन्नु भएकाे जनाईएकाे छ।उता लुम्बिनी प्रदेशबाट भगवती मल्ल,अर्जुन प्रसाद तिवारी र दिपक प्रसाद ज्ञवालीले क्रमश: ३१२,३०६ र ३०० मत सहित विजयी बन्दा कर्णाली प्रदेशबाट तारा चन्द,दिर्घजंग सिंह र केशवबहादुर भन्डारीले ३१८,३१७ र २७३ मतसहित विजयी बन्नुभएकाे निर्वाचन समितिले जनाएको छ।
सुदुरपश्चिम प्रदेशबाट राधिका काेइराला,विष्णुभक्त जाेशी र लक्ष्मणसिंह थापाले क्रमश: २९९,२८३ र २७६ मतप्राप्त गरि विजयी बन्नुचएकाे जनाइएको छ।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा पद्मिनी थापा,सिता गैरे,यमपि भुसाल,राजेन्द्रराज पौडेल,लक्ष्मणदत्त भट्ट र लक्ष्मीकिशाेर सुवेदी क्रमश:३४०,२८५,३५८,३८५,२८३ र ३८९ मत सहित विजयी बन्नुभएकाे बताइएको छ।
प्रतिक्रिया