१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साम्रे प्रावि प्रकरण,नियुक्तिसंगै प्रअ पनि बनाइयो,शिक्षा ऐन र नियमावलीको धज्जी उडाइयो



हिलिहाङ,सामान्यतया विद्यालयको प्रधानाध्यापक बन्न सिनियर स्थायी शिक्षक हुनको साथै विद्यालय विकास प्रस्तावना पेस गर्नु पर्दछ ,यो सम्बन्धी शिक्षा नियमावलीको नियम ९३ मा व्यवस्था गरेको छ।नियम ९३ को उपनियम ५ बमोजिम अनुसुची १३ मा प्रधानाध्यापकका छनोटका आधारहरु स्पस्ट किटान गरिएका छन्।तर यति हुदाहुदै पनि शिक्षा ऐन र नियमावलीलाई धज्जी उडाउदै पाँचथरको हिलिहाङ-३ स्थित साम्रे आधारभुत विद्यालयमा एक शिक्षकले प्रावि तहको नियुक्तीसंगै परिक्षण कालसमेत नसकि प्रअ पनि पाएका छन्, सिनिएर र माथिल्लो श्रेणीको बहालवाला शिक्षकलाई किनारा लगाएर त्यो पनि गत फागुनमा नै म्याद सकिएको विव्यसबाट र उनको फेसबुकवालभरि बधाईको लर्को र ओइरो नै देखिन्छ भने कमेन्टमा फरक प्रतिक्रिया,स्थानिय शिक्षक तथा सरोकारवालाहरुले यसलाई गम्भिररुपमा आपत्ती र असहमती जनाएका छन्।

स्थानिय अभिभावक तथा सरोकारवाला तथा नेपाली काङग्रेसका सभापति ज्ञानबहादुर कटुवालले विज्ञप्तिमार्फत यो कार्यको चर्को विरोध गर्नुभएको छ ” हिलिहाङ-३,साम्रे आविको विव्यसको म्याद गत २०७९फागुनमा सकिएको र सो समितिले दिर्घकालिन असर गर्ने कुनै प्रकारको निर्णय गर्न नपाउनेको साथै सोहि विद्यालयमा प्रावि द्वितिय श्रेणीमा कार्यरत स्थानिय शिक्षकलाई कुनै पनि राय सल्लाह नलिएर एकलोटी रुपमा भर्खरै पोष्टीङ भएका परिक्षण कालमा रहेको शिक्षकलाई प्रअ नियुक्ती गर्नु खेदजन्य कार्य रहेको हुनाले तत्काल यसलाई कार्यान्वयन नगराउन हिलिहाङ शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरलाई अनुरोध र ध्यानाकर्षण गराउदछु”विज्ञप्तीमा भनिएको छ।

त्यसरिनै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मदन गोतम र हिलिहाङ अध्यक्ष तथा अभिभावक एवम् सरोकारवाला तिर्थ माङयुङले पनि विज्ञप्तीमार्फत स्थानिय तथा प्रावि द्वितिय श्रेणीमा कार्यरत शिक्षकलाई रायसल्लाह नगरिकन परिक्षण कालमा रहेको शिक्षकलाई प्रअ बनाउनु खेदजन्य रहेको र कार्यान्वयन नगराउन हिलिहाङ शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरको ध्यानाकर्षण गर्नुभएको छ।

उता स्थानिय अभिभावक तथा सरोकारवालाहरुले विद्यालयमा चरम राजनितीकरण गरेर शैक्षिक वातावरण खल्बल्याउने म्याद सकिएको विव्यसको कामको विरुद्धमा चरणबद्ध आन्दोलन,तालाबन्दी साथै शिक्षा शाखामा जानकारी एवम् कानुनी उपचार समेत खोजिने बताएका छन्।विद्यालय भर्नाको समयमा यसरी राजनितिकरण गरिएपछि विद्यालयमा गम्भिर शैक्षिक क्षति हुने र यसको जिम्मेवार म्याद सकिएको विव्यस हुने एक अभिभावकले वताए।”यसै त एक शिक्षकमात्र धान्ने विद्यार्थीहरु छन्,अझै यसप्रकार राजनितिकरण र विव्यसले भेदभाव गर्ने गरे विद्यालय नै मर्ज पो हुने हो की?”उनले थपे।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ५ : ३५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको