३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“एकपैसा पनि भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न,वडाबासीहरुको भलाइ नै मेरो लक्ष”-लिलाबहादुर कटवाल



२०१२ सालमा इलामको साखेजुङमा जन्मेर हाल कनकाई-८,लक्ष्मीपुरमा स्थायी बसोबास गर्नुहुने लिलाबहादुर कटवालले कनकाइमा रहेको नेकपाएमालेको एकछत्र लालकिल्लालाई स्थानिय निर्वाचन २०७९मा नेपाली काङ्ग्रेसको तर्फबाट कनकाई नगरपालिका वडा नं ८मा भत्काउन सफल हुनुभएको थियो।स्वास्थ्य ,खानेपानी तथा सामुदायिक क्याम्पस स्थापनामा सक्रिय समाजसेवी कटवाल लामो समयसम्म नेपाल सरकारको निजामती क्षेत्रमा कार्य गरेपछि स्थानिय निर्वाचन २०७९मा नेपाली काङ्ग्रेसकाे तर्फबाट शानदार मतको साथ वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।प्रस्तुत छ हिलिहाङ डटकमले उहाँसँग गरेको पाँच सवालहरु-

सवाल-१:-जनप्रतिनिधीको हैसियतले कनकाई-८ का जनताहरुको लागि के कस्ता कामहरु गर्नुभयो?
जवाफ-१:-
पदावधि भर्खर १० महिना पुग्दै ५।वडा नं-८ मा भुगोलकाे हिसावमा बिरिङ नदिपिडित छ। ३ वटा सडक निर्मा० गर्नमा बढि बजे६ खर्च भएको छ। जनताहरुलाई सुविधा पुर्याउन मेरो अर्जुनदृष्टी रहेको छ।भर्खरैै आएको विनासकारी असिना र हुरीको कारण धेरै नै क्षति भएको जनताहरुलाई राहत वितरण गर्न बजेट र श्रोतको व्यबस्था गर्नेछु।

सवाल-२:-समाजसेवि तथा आदर्श सामुदायिक क्याम्पसको संस्थापक समेत हुनुहुन्छ,यसरी समाजसेवामा लाग्ने प्रेरणा कहाँबाट र कसरी प्राप्त गर्नुभयो?
जवाफ-२:-
समाजस्वा हाम्रो पुस्तादेखि नै भएको हो। हाम्रा हजुरबुबाले इलाम साँखेजुङमा स्कुल स्थापना गर्नुको साथै यहाँकै लक्ष्मीपुरको हिमाली मावि स्थापना गर्नलाई जग्गा दिनुभयो।घैलाडेब्बामा आदर्श सामुदायिक कलेज स्थापना गर्दा जनताका छोराछोरीहरुले घरबाट नै स्नातकसम्मको कलेज पढ्ने अवसर पाएका छन्।लक्ष्मीपुर खानेपानी स्थापनाबाट यस क्षेत्रका जनताहरुले स्वच्छ खानेपानीको सुविधा पाएका छन्।म जागिरे हुँदापनि र अहिले वडाध्यक्ष हुँदापनि एक पैसा पनि भ्रष्टाचार गरिन,गर्दिन र गर्न पनि दिन्न।

सवाल-३:- समाजसेवि र पूर्व कर्मचारी,तपाईलाई राजनितीमा आउने प्रेरणा कहाँबाट प्राप्त भयो नि?
जवाफ-३:-
यो पनि हाम्रो पुस्तादेखि नै परिवार राजनितीमा सक्रिय हो।हजुरबुबा इलाम साखेजुङको प्रधानपन्च,जन्तरे काका घैलाडुब्बाको निर्वाचित वडाध्यक्ष। फेरि म पनि जागिरे जिवनमा नै राजनितीमा सक्रिय थिए। वास्तवमा सबैभन्दा राम्रो समाजसेवा नै राजनिती हुनाले म राजनितीमा लागेको हुँ।

सवाल-४:-निर्वाचित भएपछि जनताको अपेक्षालाई कतिको पुरा गर्नुभयो नि?
जवाफ-४:-
म वडाकार्यालय पस्दा जनप्रतिनिधी भएर पस्छु।कुनै जनतालाई भेदभाव गर्दिन।बजेटको समानुपातिक वितरणमुखी कार्यहरु गर्दछु।जनताको लागि आएको बजेट पारदर्शी तवरले विनियोजन गरेको छु।

सवाल-५:-आगामी कार्ययोजनाहरु के के छन्?
जवाफ-५:-
हामी मास्टरयोजना बनाएर काम गर्नेछो।जनताले रोजेको र छानेकाे योजनाहरुलाई नगर,प्रदेश र संघबाट बजेट ल्याएर समृद्ध नगन बनाउने योजना छ।
पुरै भिडीयो हेर्न लिङ्क थिच्नुहोला।https://youtube.com/watch?v=Yz9BqWpztv8&feature=share

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : २१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु