तेह्रथुम ,फेदापमा आजभन्दा ६० वर्षअघि जन्मेर झापा,कनकाईका व्यवसायी,समाजसेवी तथा राजनितीज्ञकाे रुपमा परिचित शेरबहादुर थापा लामाे समयदेखि कनकाई नगरक्षेत्रमा सक्रिय हुनुहुन्छ ।सयौं युवाहरुलाई राेजगारीकाे साथै दर्जनौं संघसंस्थामार्फत समाजसेवाकाे साथै विशेषगरी काेराेनाकालमा काम गुमाएका समाजका गरिवहरुकाे लागि उदाहरणीय काम गर्नुभएको उहाँले स्थानीय निर्वाचन २०७९ मा कनकाई नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभइ झिनाे मतले उपविजेता बन्नुभएबाट उहाँको लाेकप्रियता प्रष्ट हुन्छ।प्रस्तुत छ हिलिहाङ डटकमले उहाँसंग समसामयिक विषयमा गरिएकाे पाँच सवालजवाफहर:-
सवाल-१:-तपाईंको व्यवसायकाे बारेमा बताइदिनुहाेस न-
जनाफ-१:-राज्यको दृष्टिकोण उद्योगी व्यवसायीहरुलाई संरक्षण गर्नुकाे साटाे व्यवसायी प्रतिकुल छ।नीति खराबकाे कारण व्यवसायी पलायन हुने खतरा छ।उद्योग धन्दा ,कलकारखाना बन्द गर्नुपर्ने अवस्था छ।देशमा उत्पादित बस्तुहरु स्वदेशमै खपत गर्नुपर्ने नीति छैन।झन काेराेना र याे आर्थिक मन्दिकाे कारण व्यवसायीहरु समस्यामा छन्।
सवाल-२:-समाजसेवी हुनुहुन्छ।काेराेनाकालमा विशेषगरी निमुखा जनताहरुलाई सेवा दिनुभयो ।यसरी समाजसेवामा आउनुकाे कारण र प्रेरणा के हाेला?
जवाफ-२:-समाजसेवा स्वतस्फूर्त हुनपर्छ।म बालककालदेखि नै माग्नेहरुलाई आफ्नो भाग कटाएर भएपनि दिने गर्दथे।काेराेनाकालअघि लकडाउनमा मैले स्टाटस लेखे।काम गरेर खानेकाे काम नपाएपछि भाेकैहुने अवस्था आएपछि अलिअलिहुनेले नहुनेलाई सहयोग गरौ भनेर अभियान थालियो ।पछिकाेराेनाकालमा उपचार नपाएर काेहि पनि नमरुन भनेर मैले मेरै गाडीमा १११ जना विरामीलाई उपचारार्थ अस्पताल पुर्याउदा ९ जनाकाे निधन भयाे।राहत प्याकेज तथा अन्य कामकाे लागि स्वच्छ समाजमार्फत अभियान चलायौ।सडकमा फालिएको खाली बाेत्तल,सिसाका टुक्रा संकलन गरेर बेच्यौ।अनाथ बालबालिकाकाे लागि बस्ने भवन निर्माणका लागि दाताहरूको सहयाेग मिल्ने आश्वासन पाएका छौ।
सवाल-३:-आर्थिक मन्दिकाे कारण व्यवसायमा असर परेकाे छ।मन्दिकाे कारण,असर र समाधानको उपाय के हुनसक्छ ?
जवाफ -३:-देशले अनावश्यक र विलाशिताकाे सामान आयात बन्द गर्नुपर्छ।अत्यावश्यक सामानमात्र आयात गर्नुपर्छ।पेट्रोलियम र विटुमिन्सकाे आयात राकेर निर्माणकार्यमा स्वदेशमा भएको खानीजन्य सिमेन्टकाे उपयाेग बढाउदा उद्योगकाे विस्तार हुन्छ ।अनावश्यक तडकभडक फजुल खर्च,मेला आयाेजना राेक्दा मितव्ययी बनेर हामी सबैले वचत गर्न सक्छौ जस्ले गर्दा विस्तारै अर्थतन्त्र सहि ट्रयाकमा आउँछ।
सवाल-४:-तपाईंकाे राजनीतिक जिवनकाे बारेमा बताइदिनुहाेस् न।
जवाफ -४:-म २०३७ सालदेखि नेविसंघको रुपमा रहेर क्रियासिल सदस्य हुँदै नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि सम्म भएकोमा हाल आएर पार्टीमा आएको व्यापारीकरण,सुकिलामुकिलाहरुकाे बाेलवालाकाे कारण विचलन र टिकट वितरणमा देखिएको समस्याले तथा सेवामुखी काम गर्नेहरुलाई पाखा लगाइएको कारण मैले कनकाई नगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिदा मलाई मतदाताहरुले सम्मानजनक मतदान गरि उपविजेता बनाए।पराजित भएपनि सदैव जनताकाे सेवा गर्नेछु किनभने म जनताकाे सेवा गर्न राजनितीमा आएको हुँ,कमाउनलाई हैन।फेरि म राेटरीकर्मी भएकोले सेवा गर्न राजनीति गरेकाे हुँ।
सवाल-५:-अन्तमा सर्वसाधारण तथा युवापुस्ताहरुलाई केहि भन्नू छ कि?
जवाफ-५:-आज वर्षेनि ६ लाख वढि युवाहरु वैदेशिक राेजगारीमा विदेशिने गरेका छन्।याे युवा पिढीलाई स्वदेशमा बस्न कृषि तथा उद्योगकलकारखाना स्थापना गर्नुपर्छ।सरकारले खाली रहेकाे जग्गामा खेती गरेर युवाहरुलाई राेजगारी दिनुपर्छ।युवाहरु देशमा बसे हाम्रो राजनीति सकिन्छ भन्ने गलत मानसिकता अन्त्य गर्नुपर्छ।युवाहरुले पनि मितव्ययी बन्नुपर्छ।आफ्नो कमाईलाई उद्यमशिलतामा उपयोग गर्नुपर्छ।
पुरै भिडियो हेर्न लिङ्क थिच्नु हाेला।
प्रतिक्रिया