विर्तामोड,शिक्षक सेवा आयाेगबाट सिफारिस भएका शिक्षकहरुमध्ये शिक्षा विकास तथा समन्वय इकाई झापाले पूर्वकाे व्यापारिक नगर विर्तामोड नगरपालिकामा ९जना प्रावि शिक्षकहरुलाई सिफारिस गरेकाेमा शिक्षा शाखा विर्तामोडले स्थायी नियुक्ति दिनेभएकाे छ।
यसरी नियुक्ति हुनुहुनेहरुमा सबै खुलासमूहका हुनुहुन्छ ।उहाँहरुमा झापा बाह्रदशीका कुशवती गणेश,कमला थापा र हाेमनाथ भट्टराई ,सूर्याेदय इलामका भाेजराज निरौला,महालक्ष्मी धनकुटाका बाबुराम थापा,जयपृथ्विनगर बझाङका लक्ष्मीराज जाेशी,विर्तामोडका हेमप्रसाद अधिकारी,हल्दिवारि र भद्रपुरका प्रकाश ढुंगाना र मनिषा काेइराला हुनुहुन्छ ।
प्रतिक्रिया