काठमाडौं ,भाेली चैत १७ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसईईमा देशभरका ७,२०० सामुदायिक र ४,५६४ संस्थागत विद्यालयका ४ लाख ८४ हजार २२७ विद्यार्थीहरु सहभागी हुदैछन्।
राष्ट्रिय परीक्षा वाेर्डले देशभर२ हजार ३६ तथा जापानमा १ गरेर २,०३७ परिक्षा केन्द्र तथा ७८ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।
काेशी प्रदेशमा ३७८,मधेश प्रदेशमा २७९,बागमती प्रदेशमा ४३४,गन्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४,कर्णाली प्रदेशमा १७९ र सुदुरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएकाे छ।
सबैभन्दा बढी बागमती प्रदेशबाट १,०६,९५९ र कम कर्णाली प्रदेशबाट ४१,३७९ जना परिक्षार्थी रहेकाेमा प्राविधिक धारका १५ हजार जना,संस्कृतका २,९८२ जना र ५० जना दृष्टिविहिन परिक्षार्थी रहेकाे वाेर्डले वताएकाे छ।
प्रतिक्रिया