७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा युएई ४२ रनले पराजित,अङ्कतालिकामा पाँचौ स्थानमा उक्लियाे



काठमाडौं,दुवइमा जारी आईसीसी  विश्वकप क्रिकेट लिग टु प्रतियोगितामा आज नेपालले युएईलाई ४२ रनले हराउदै यसअघिको पराजयकाे बदला लिएकाे छ।याे जितसंगै नेपाल लिगकाे अंकतालिकामा पाँचौं स्थानमा उक्लिएकाे छ।

दुवइ इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियाे।जवाफमा युएई ४५ ओभरमा अलआउट हुँदै १८७ रनमा समेटियो ।

साेमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान ३/३ विकेट लिएको साे खेलमा युएईका ओपनर आसिफ खानले ११५ बलमा २चौका र ३ छक्का सहित ८२ रन जाेडे।

यसअघि नेपालकाे लागि युवा ब्याटर भिम सार्कीले ९९ बलमा ७ चौकासहित ७० रनको याेगदान गर्दा आरिफ शेख ४३ रन,कुशल मल्ल ३२ रन,सन्दिप लामिछाने २७ रन तथा ज्ञानेन्द्र मल्लले ११ रन जाेडे।

उता युएईका जुनैद सिद्धिकले ३ विकेट तथा राेहन मुस्तफा र आर्यन लाक्राले समान२/२ विकेट लिए ।विश्वकपमा स्थान बनाउन अब नेपालले ४ खेल तथा एकदिवसीय मान्यता पाउन दुई खेल जिते पुग्नेछ ।आगामी खेलहरु नेपाल,युएई र पपुवा न्यूगिनी बिच नेपालमा हुनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज