१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेता रामचन्द्र पौडेल आठदलीय गठबन्धनकाे राष्ट्रपति उम्मेदवार



काठमाडौं,नेपाली काङ्ग्रेसको पूर्व कार्यवाहक सभापति तथा पूर्व सभामुख एवम् तनहुँ-१ का संंघिय सांसद निष्ठाका नेता रामचन्द्र पौडेल आसन्न राष्ट्रपतिकाे लागि आठदलीय गठबन्धनका साझा उम्मेदवार चयन हुनु भएको छ।

हिजो भएको आठदलीय गठबन्धनको बैठकले साझा उम्मेदवार दिने निर्णय गरेसँगै आज भएको नेपाली काङ्ग्रेसको केन्द्रीय समितिकाे बैठकले नेता पौडेललाई   राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बैठकले निर्णय-१ मा नेपालकाे संविधानकाे धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लाेकतान्त्रीक गणतन्त्र नेपालकाे राष्ट्रपति पदकाे लागि हुने निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट पार्टीका पूर्व कार्यवाहक सभापति ,पूर्व सभामुख श्री रामचन्द्र पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गर्दछ भनिएको छ।

निर्णय-२ मा नेपालकाे संविधानकाे रक्षा र संंघिय लाेकतान्त्रिक गणतन्त्रको लागि नेपाली काङ्ग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजय गराउन सबै राजनितिक दल एवम् प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सांसदज्यूहरुमा हार्दिक अपिल गर्दछ भनिएको छ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : ५२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र