पाँचथर ,पाँचथरकाे फालेलुङमा आगलागी भएकाे छ।फालेलुङ गाउँपालिका वडा नं ५ फेङलिटारमा आगलागीबाट एक घर जलेर नष्ट भएको बताइएको छ।
फालेलुङ-५ का वडाध्यक्ष भरतकुमार खपाङ्गीका अनुसार हिजाे साझ ७:३० बजेतिर अचानक आगलागी भई फालेलुङ-५,फेङलिटारका वीरमती तामाङकाे छाेरा टिकाराम तामाङकाे घर जलेर पूर्णतया नष्ट भएकाे हाे।
घटनामा कुनै मानविय क्षति नभएपनि सम्पूर्ण लत्ताकपडा र धनमाल जलेकाे र क्षतिकाे प्रारम्भिक विवरणकाे लागि प्रहरी घटनास्थल गएकाे बताइएकाे छ।
आगलागीकाे कारणभने थाहा भएको छैन।






प्रतिक्रिया