१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वाेच्चकाे फैसला,गयाे लामिछानेकाे सांसद र गृहमन्त्री पद



काठमाडौ,अन्तत: सर्वोच्च अदालतले आज गृहमन्त्री रवि लामिछानेेकाे नागरिकता प्रकरणमा फैसला सुनाएकाे छ।याे फैसलासंगै राष्ट्रिय स्वतन्त्र पार्टिकाे अध्यक्ष रवि लामिछानेकाे  चितवन-२ काे सांसद पद खारेज भएकाे छ।

“रवि लामिछानेले प्राप्त गरेकाे अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुुनः कायम गर्ने प्रक्रिया पूरा गरेकाे नदेखिएकाे हुदा निजले प्रतिनिधि सभाकाे सदस्य पदकाे उम्मेद्वार हुन वा साे पदमा निर्वाचित भइ कायम भइ रहन मिल्ने देखिएन्,”फैसलामा भनिएकाे छ”निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वार हुन पाउने अवस्था नरहेकाेमा उम्मेद्वार भइ निर्वाचित समेत भएकाे देखिँदा निज प्रत्यर्थीलाई निर्वाचित घोषणा गर्ने,प्रमाणपत्र दिने लगायतकाे कामकारवाहि नेपालकाे संविधानकाे धारा १३३ काे उपधारा २(३) तथा धारा १३७ बमाेजिम उत्प्रेषणकाे आदेशले बदर हुने ठहर्छ”

रविले २०५० सालमा नेपाली नागरिकता लिएकाे,२०७० सालमा अमेरिकी नागरिकता लिएकाे र २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयाेजनमा अमेरिकी दुतावासमा निवेदन दिएका थिए।

गृह मन्त्रालयबाट बाहिरिने क्रममा रवि लामिछानेले आफू अनागरिक भएकाे र सर्वोच्च अदालतकाे आदेश सम्मान गर्ने बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र