पाँचथर,हिलिहाङ गाँउपालिकाले स्वमूल्यांकनमा ६९.५% अङ्क प्राप्त गरेको जनाइएको छ।संघिय मामिला तथा सामाान्य प्रशासन मन्त्रालयले स्थानिय तह स्वमूल्यांकन कार्यविधी २०७७ बमोजिम आ.व.२०७८/२०७९ मा हिलिहाङ गाँउपालिकाले उक्त अङ्क प्राप्त गरेको हो।
स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको समग्र स्तिथीमा ६६.६७%,प्रक्रियागत स्तिथीमा ६४.७१% र परिमाणात्मक स्तिथीमा ७४.४४% गरि ओषत ६९.५% अङ्क हासिल गरेको बताइएको छ।
उता शासकिय प्रवन्धमा ८६.११%,संगठन तथा प्रवन्धमा ६८.७५%,वार्षिक बजेटमा ७५%,वित्तिय व्यवस्थापनमा७०.४५% ,सेवा प्रवाहमा७६.५६%,न्यायिक कार्य सम्पादनमा८२.१४%,भौतिक पूर्वाधारमा ७६.९२%,सामाजिक समावेशीकरणमा५५% र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा७५%अङ्क प्राप्त गरेको बताइएको छ।
प्रतिक्रिया