५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा ९२ वर्षकी चनमति माझीले पाइन नागरिकता



पाँचथर,सामान्यतया १६ वर्ष पुगेपछि नागरिकता पाइन्छ तर हिलिहाङ-२,माझिटारमा एक वृद्धाले नागरिकता प्राप्त गर्न १६,३२ ,४८ मात्र होइन ९२  वर्ष कुर्न पर्याे।९२ वर्षिया एकल महिला चनमति माझी नागरिकता अभावमा राज्यबाट प्राप्त गर्ने विभिन्न सुविधाहरुबाट वन्चित थिइन तर अब नागरिकता हातमा परेपछि ती सुविधा प्राप्त गर्दै राज्यको नागरिकको रुपमा उनिलाई केहि सहजता पक्कै हुनेछ।

हिजो पाँचथर हिलिहाङ-२. स्थित माझीटारको ९२ वर्षिया स्व.जसबहादुर माझीको श्रीमती चनमति माझिकै निवासस्थलमा पुगेर पाँचथर जिल्लाकाे प्रमुख जिल्ला अधिकारी गणेश गैरेले उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा हिलिहाङ गाउँपालिकाको अध्यक्ष समरबहादुर अधिकारी , पाँचथर  प्रहरी प्रमुख हरि खतिवडाकाे पनि उपस्तिथी थियो।स्थानिय हिलिहाङ-१ का वडाध्यक्ष सन्तोष लिङदेन र वडा नं २ का वडाध्यक्ष भिमकुमार हेम्ब्या लगायत स्थानीयहरु सो कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज