२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् हिलिहाङ-२ का वडासभापति हेलेन न्यौपाने



हिलिहाङ,नेपाली काङ्ग्रेसको हिलिहाङ गाँउपालिका वडा नं २ का वडासभापती हेलेन प्रकाश न्यौपानेकाे निधन भएको छ।सभापति न्यौपानेको आज उपचारको लागि झापा लादैगर्दा मेची राजमार्गको कान्छी दाेकानमा मृत्यु भएको जनाईएको छ।

लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय स्व.न्यौपाने २०४६ सालमा नै अमरपुर माध्यमिक विद्यालय ने.वि.सँघको संस्थापक एकाइ सभापति हुनुहुन्थ्यो । सिङ्गापुर बजारमा पेट्राेल पम्प लगायत व्यवसायमा संलग्न सभापति स्व.न्यौपानेले लामो समयसम्म सिङ्गापुर बजार व्यवस्थापन समितिमा सक्रिय हुनुहुन्थ्यो

पुुर्व अमरपुर गाउँ पन्चायतका प्रधानपन्च शिवकुमार न्यौपाने खत्रीका सुपुत्र तथा हिलिहाङ -२ का सभापति स्व.न्यौपानेकाे निधनले नेपाली काङ्ग्रेस हिलिहाङ गाउँ कार्य समितिले एक जिम्मेवार कार्यकर्ता नेता गुमाएको र  स्तब्ध र मर्माहत भएको बताएको  छ।दु:खकाे याे घडीमा शाेकाकुल परिवारमा समवेदना र स्व.सभापति हेलेनप्रकाश न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ४५ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण