१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कौडिन्य गोत्रिय गिरिवन्धुहरुको वंशावली विर्तामोडमा विमाेचन



विर्तामोड ,आज झापा विर्तामोड स्थित नेपाल दशनामी सेवा समाजको कार्यालयमा देशभर छरिएर रहनु भएको कौडिन्य ग‍ोत्रिय गिरीवन्धुहरुकाे वंशावली विम‍ाेचन तथा लोकार्पण गरियो।कौडिन्य गोत्रिय दुर्गानाथी गिरी बन्धु वंशावली प्रतिष्ठान ,केन्द्रिय समितिद्वारा आयोजित सो लाेकार्पण कार्यक्रममा देश विदेशमा रहनुभएक‍ा कौडिन्य गाेत्रिय दुर्गानाथी गिरीबन्धुहरुको बृहत उपस्थिति थियो।

कौडिन्य गोत्रिय दुर्गानाथी गिरी बन्धु प्रतिष्ठानले प्रकाशन गरेको साे वंशावली विमाेचन कार्यक्रम प्रतिष्ठानको अध्यक्ष नरेशकुमार गिरीको अध्यक्षतामा भएको थियोे।नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द विक्रम गिरी प्रमुख अतिथि तथा नेपाल दशनामी समाज प्रदेश -१ का प्रदेश अध्यक्ष चन्द्र प्रसाद गिरी विशिष्ट अतिथी हुनुहुन्थ्यो ।

किरात याेङहाङ कुलवंश प्रतिष्ठानको वंशावली सह- सम्पादक मनकुमार योङहाङको विशेष आतिथ्यता रहेको सो वंशावली विमोचन कार्यक्रमको सन्चालन कौण्डिन्न्य गोत्रिय दुर्गानाथी गिरीबन्धु प्रतिष्ठानको केन्द्रीय सचिव तथा वंशावली लेखक हर्कलाल गिरीले गर्नु भएको थियोे।पूर्व जिल्ला उपाध्यक्ष खिल बहादुर गिरी ,हिन्दु जागरण अभियानका राष्ट्रिय अध्यक्ष इन्द्र ओली ,अर्जुन गिरी,एल.वि. गिरी लगायतका अतिथि रहनुभएको सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम सन्चालन गरिएको थियोे ।

देउमान गिरीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष भूपेन्द्रकुमार गिरीले पुस्तकको बारेमा जानकारी दिनु भएको थियोे । स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गिरीबन्धुहरु लगायत जेष्ठ नागरिक तथा गत स्थानिय तथा संसदिय निर्वाचनमा  निर्वाचित गिरीबन्धुहरूलाई सम्मान खादा तथा मायाको चिनो प्रदान गरिएको थियो।

साे वंशावली विमोचन कार्यक्रममा विशिष्ट अतिथि ,प्रमुख अतिथि ,विशेष अतिथि लगायतले कार्यक्रमकाे बारेमा प्रकाश पार्नु भएको थियोे भने अध्यक्ष नरेशकुमार गिरीले सारगर्वित मन्तव्यकाे साथ कार्यक्रम समापन गर्नुभएको थियोे ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : १८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको