१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कम्बोडियामा आगलागीमा परि विर्तामोडका निराकर पान्डेको निधन



विर्तामोड ,कम्बोडियाकाे प‍ोइपोटस्थित बहुतले ग्रान्ड डायमन्ड सिटी होटल तथा क्यासिनोमा भएको आगलागीमा परि विर्तामोडका निराकर पान्डेको दु:खद निधन भएको छ।

साे आगलागीमा परेर १९ जनाक‍‍ो मृत्युु हुनाक‍ो साथै ७० भन्दा बढी घाइते भएको र उद्धारकर्तालेे आगलागीमा फसेकालाई खोजी गरिरहेकाले मृतककाे संख्या बढ्नसक्ने बन्तेय मेचे प्रान्तको प्रबक्ता सुखोमले सिएनएनलाई बताए।

विर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी प्रसाद पान्डेकाेे ४० वर्षिय माहिला सुपुत्र निराकर पान्डेको बहुतले क्यासिनो भवनको बाह्रौं तलाबाट खसेर निधन भएको बताईएकाे छ। पारिवारिक श्रोतको अनुसार भाईवरबाट सपरिवारसँग आफू बसेको भवनमा आगलागी भएको र आगलागी फैलदै आइरहेकोले हाम्फाल्नु सिवाय विकल्प नरहेको बताउनु भएको जनाइएको छ।

एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले पान्डेले सम्पर्क गरेर आफ्नो  शव घर पुर्याइदिन अनुरोध गरेकोमा नआत्तिन तथा उद्धार गरिने बताएको भएतापनि पान्डेले झ्यालबाट हामफालेको बताए ।

परिवार र साथीभाईसँग काेठाबाट भाइबरमा कुरा गर्दै  पान्डेले आफ्नो छोरासँग गरेको मार्मिक कुराकानी हृदयविदारक रहेको परिवारले बताएको छ।

पान्डेकाे शव नेपाल ल्याउन पहल भइरहेको र आफन्त झापाबाट काठमाडौं आइसकेको बताइएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र