काठमाडौं ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड ‘तेस्रोपटक नेपालकाे प्रधानमन्त्री बन्नुभएकाे छ।
आज सम्माननिय राष्ट्रपति बिद्यादेवि भन्डारीसमक्ष १६५ जन साँसदकाे समर्थन पत्र बुझाउनु भएपछि अध्यक्ष दाहाललाई राष्ट्रपति बिद्यादेबि भन्डारीले संविधानकाे धारा ७६(२) अनुसार नेपालकाे प्रधानमन्त्री नियुक्त गर्नुभएको हाे।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा एमालेका ७८,नेकपा माओवादी केन्द्रका ३२,रास्वपाका २१,राप्रपाका १४,जसपाकाे १२,जनमतकाे ५,नाउपाकाे ३ लगायत ३ स्वतन्त्रकाे समर्थन रहेकाे छ।
प्रतिक्रिया