१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ले हराउदै अर्जेन्टिना विश्वविजेता



काठमाडौं,कतारकाे लुसैल स्टेडियममा भर्खर सम्पन्न विश्वकप फुटबलकाे फाइनलमा काेपा अमेरिका विजेता अर्जेन्टिनाले गत विजेता फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराउदै विश्वकप विजेता बनेकाे छ।

निर्धारित समयमा २-२ काे बराबरीपछि थपेकाे अतिरिक्त समयमा १,१ गाेल भएपछि ३-३ काे स्काेरकाे साथ खेल पेनाल्टीमा पुगेकाे थियाे।खेलकाे ८० मिनेटसम्म अर्जेन्टिना २-० ले अघि थियाे।अर्जेन्टिनाकाे लागि मेस्सीले २३ मिनेटमा पेनाल्टीमा र १०८ मिनटमा थप एक गाेल गरे भने एन्जल डि मारियाले ३६ मिनेटमा गाेल गरे।उता फ्रान्सकाे लागि किलियन एम्बाप्पेले८०,८१ र ११८ मिनेटमा गाेल गर्दै ह्याट्रिककाे साथ ८ गाेलसहित गाेल्डेन बुट जिते।

फ्रान्सका एम्बाप्पे र अर्जेन्टिनाकाे मेस्सीले पेनाल्टिमा १-१ गाेल गरेपछि फ्रान्सका काेमेन र चौमेनीकाे पेनाल्टि विफल बनाउदा डिबाला र पारदेशकाे गाेलसहित किपर एमिली मार्टिनेजले अर्जेन्टिनालाई ३-१ मा पुर्याए।उता काेलाे मौनीले गाेल गरेर तथा अर्जेन्टिनाकाे हाेस्टकाे गाेल राेकेपछि खेल ३-२ मा पुग्याे तर अन्तिममा माेन्टेलले गाेल गरेपछि खेल अर्जेन्टिनाले ४-२ ले जित्याे।

सर्वाेत्कृष्ठ युवा खेलाडीकाे सम्मान अर्जेन्टिनाका २१ वर्षिय एनाे फर्नान्डेजले प्राप्त गर्दा सर्वाेत्कृष्ठ गाेलरक्षककाे गाेल्डेन ग्लाेभ अर्जेन्टिनाकै गाेलकिपर एमी मार्टिनेज तथा सर्वाेत्कृष्ठ खेलाडीकाे गाेल्डेन बल अर्जेन्टिनाकाे क्याप्टेन लियाेनल मेस्सीले प्राप्त गरे।

५५%बल पाेसेसनसहित अर्जेन्टिनाले ६३५ पास खेल्दै २० पाेष्टप्रहारसहित ६ कर्नर प्रहार गर्दा फ्रान्सले ४५% पाेसेसनसहित ५३१ पास १९ पाेष्टप्रहार सहित ५ कर्नर पाएकाे थियाे।

एम्बाप्पेले सन् १९६६ पछि पहिलाेपटक फाइनलमा ह्याट्रिक गर्ने खेलाडी बन्दा फ्रान्स पेनाल्टिमा दुईपटक फाइनलमा पराजित बन्ने राष्ट्र बन्याे फ्रान्स २००६ मा पनि इटालीसँग फाईनलमा पेनाल्टिमा पराजित बनेकाे थियाे।

आगामी २०२६ काे विश्वकप फुटबल मेक्सिकाे,अमेरिका र क्यानाडामा  संयुक्त रुपमा आयाेजना हुदैछ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको