६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ब्राजिललाई पेनाल्टीमा ४-२ ले हराउदै क्राेयसिया विश्वकप फुटबलकाे सेमिफाइनलमा



काठमाडौ,कतारकाे एजुकेशन सिटी स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे पहिलाे क्वाटरफाइनल खेलमा २०१८काे उपविजेता क्राेयसियाले ५ पटककाे विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।उता ब्राजिल भने पराजित हुँदै घर फर्किएकाे छ।

आज पनि शानदार पेनाल्टी बचाउ गर्दै क्राेयसियाकाे जीतमा गाेलकिपर लिभाकाेभिच नायक बने। उनले पहिलाे पटककाे ब्राजिलकाे राेड्रिगाेले प्रहार गरेकाे पेनाल्टीलाई सहजै बचाउ गरे। कासिमिराे र पेड्राेले मात्र ब्राजिलकाे लागि गाेल गरे भने मार्किनिअसकाे प्रहार पाेष्टमा लागेर बाहिरिएकाे थियाे।

उता क्राेयसियाकाे लागि भने भलासिक,माजेर,माेड्रिक र ओर्सिभ सबैले गाेल गरेका थिए ।

यसअघिपनि क्राेयसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउदै क्वाटरफाइनलमा पुगेकाे थियाे।

५१% बल पाेसेसनमा राखेकाे क्राेयसियाले ४९% बल पाेसेसनकाे ब्राजिललाई शुरुदेखि नै दबाबमा राखेकाे थियाे। ६९३ पास क्राेयसियाले खेल्दा ब्राजिलले ६८४ पास खेलेकाे थियाे। २४ फाउल सहित ३ येल्लाे कार्ड ब्राजिलले पाउँदा क्राेयसियाले २२ फाउलसहित २ येल्लाे कार्ड पाएकाे थियाे।ब्राजिलले ७ कर्नर पाउदा क्राेयसियाले भने ३ कर्नर पाएकाे थियाे।

निर्धारित ९० मिनेटमा कुनै गाेल नभएपछि थपिएकाे अतिरिक्त ३० मिनेटमा दुवै पक्षबाट १,१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टीमा पुगेकाे थियाे।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज