१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ब्राजिललाई पेनाल्टीमा ४-२ ले हराउदै क्राेयसिया विश्वकप फुटबलकाे सेमिफाइनलमा



काठमाडौ,कतारकाे एजुकेशन सिटी स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे पहिलाे क्वाटरफाइनल खेलमा २०१८काे उपविजेता क्राेयसियाले ५ पटककाे विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।उता ब्राजिल भने पराजित हुँदै घर फर्किएकाे छ।

आज पनि शानदार पेनाल्टी बचाउ गर्दै क्राेयसियाकाे जीतमा गाेलकिपर लिभाकाेभिच नायक बने। उनले पहिलाे पटककाे ब्राजिलकाे राेड्रिगाेले प्रहार गरेकाे पेनाल्टीलाई सहजै बचाउ गरे। कासिमिराे र पेड्राेले मात्र ब्राजिलकाे लागि गाेल गरे भने मार्किनिअसकाे प्रहार पाेष्टमा लागेर बाहिरिएकाे थियाे।

उता क्राेयसियाकाे लागि भने भलासिक,माजेर,माेड्रिक र ओर्सिभ सबैले गाेल गरेका थिए ।

यसअघिपनि क्राेयसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउदै क्वाटरफाइनलमा पुगेकाे थियाे।

५१% बल पाेसेसनमा राखेकाे क्राेयसियाले ४९% बल पाेसेसनकाे ब्राजिललाई शुरुदेखि नै दबाबमा राखेकाे थियाे। ६९३ पास क्राेयसियाले खेल्दा ब्राजिलले ६८४ पास खेलेकाे थियाे। २४ फाउल सहित ३ येल्लाे कार्ड ब्राजिलले पाउँदा क्राेयसियाले २२ फाउलसहित २ येल्लाे कार्ड पाएकाे थियाे।ब्राजिलले ७ कर्नर पाउदा क्राेयसियाले भने ३ कर्नर पाएकाे थियाे।

निर्धारित ९० मिनेटमा कुनै गाेल नभएपछि थपिएकाे अतिरिक्त ३० मिनेटमा दुवै पक्षबाट १,१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टीमा पुगेकाे थियाे।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ०५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको