६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेर्चुगललाई २-१ ले हराउदै काेरिया प्रिक्वाटरमा,जर्मनीपछि पाेर्चुगल पनि काेरियाकाे शिकार



काठमाडाै,बाइसाै विश्वकप फुटबल प्रतियाेगिता अन्तर्गत कतारकाे एजुकेशन सिटि रंगशालामा केहिबेर अघि सम्पन्न समुह जीकाे अन्तिम खेलमा काेरियाले पाेर्चुगललाई २-१ ले हराउदै उपविजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ। सन् २०१८ काे विश्वकपमा पनि काेरियाले जर्मनीलाई समुहचरणमा २-० ले हराएकाे थियाे।

काेरियाकाे याे जितसँगै घाना र उरुग्वेकाे विश्वकप यात्रा समाप्त भएकाे छ। समान ४ अङ्क भएतापनि गाेलअन्तरकाे कारण काेरियाले उरुग्वेलाई पछि पार्न सफल भयाे।

काेरियालाई राउन्ड अफ सिक्सटिनमा पुर्याउन खेलकाे २७ मिनेटमा किम याेङ बाे र इन्जुरी समयकाे ९१ मिनेटमा ह्वाङ हाे चानले गाेल गरेका थिए भने पाेर्चुगलकाे लागि रिकार्डाे हाेर्टाले ५ मिनेटमा गाेल गरेर शुरुवाती अग्रता दिलाएकाे थिए। उता उरुग्वेले भने घानालाई २-० ले हराएतापनि कम गाेल गरेकाे कारण विश्वकपबाट बाहिरियाे। उरुग्वेले २ गाेल गरेर २ गाेल नै खाँदा काेरियाले भने ४ गाेल गरेर ४ गाेल नै खाएकाे थियाे।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज