१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्याङ्जा-२ मा उपसभापति गुरुङकाे अग्रता कायमै,पछिपछि अर्याल र घन्टी



काठमाडौं,प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा स्याङ्जा-२ काे मतगणनाकाे पछिल्लो परिणाम अनुसार नेपाली काङ्ग्रेसको उप सभापति धनराज गुरुङले निरन्तर अग्रता कायम गरिरहनु भएकाे छ। हालसम्मको गणनामा गुरुङ नेकपा एमालेका पद्मा अर्यालभन्दा २,१६३ मतले अघि हुनुहुन्छ ।

उपसभापति गुरुङले १५ हजार ७२ मत प्राप्त गर्दा अर्यालले १२ हजार ९०९ मत प्राप्त गर्नुभयाे। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको टिकराज गुरुङले ५ हजार ९६२ मत पाउनुभयो ।

उता प्रदेशतर्फ स्याङ्जा-२(१) मा नेपाली काङ्ग्रेसको भाेजराज अर्यालले २ हजार ७३० मतान्तर सहित १५,१६१ मत प्राप्त गर्दै विजयी बन्नुहुँदा नेकपा एमालेकाे माेहन प्रसाद रेग्मीले १२,४३१ मत प्राप्त गर्नुभयो। प्रदेश-२(२) मा भने नेकपा एमालेकाे बुद्धिमान श्रेष्ठले २,३३६ मत सहित नेपाली काङ्ग्रेसको महेश भट्टराईकाे २,१४६ मत भन्दा १९० मतले अग्रता कायम गर्नुभएको छ।

स्याङ्जा-१(२) मा भने ६ मतले नेकपा एमालेका सुधिर कुमार पौडेलले नेपाली काङ्ग्रेसको बद्धि बहादुर रानालाई हराउनुभयाे। पौडेलले १७,४४१ मत प्राप्त गर्दा रानाले १७,४३५ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ५४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको