२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमावि गणित/विज्ञानमा मधेस प्रदेशमा कुनै उम्मेदवार उत्तीर्ण भएनन् ।



काठमाडौं,शिक्षक सेवा आयाेगले हिजाे सार्वजनिक गरेकाे निम्न माध्यमिक तहकाे गणित विज्ञान विषयकाे लिखित परिक्षाकाे नतिजा सार्वजनिक हुदाँ १५.६१% उम्मेदवार मात्र सफल हुनुभएको छ। कुल ३६५ जनाकाे विज्ञापन गरिदाँ सातैवटा प्रदेशमा ५७ जना उम्मेदवारमात्र अन्तर्वार्ताकाे लागि छनौट हुनु भएकाे छ।

मधेश प्रदेशमा ८ जनाले दाेश्राे पत्र पास गरेतापनि कुनै पनि उम्मेदवारहरुले लिखित परिक्षामा उत्तीर्ण भएनन् । मधेस प्रदेशमा कुल २० पदमा विज्ञापन गरिएकाे थियाे। उता प्रदेश १ मा १६१ जनाकाे विज्ञापन गरिएकोमा १३१ जनाले दाेश्राे पत्र उत्तीर्ण गरेकाेमा २४ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताकाे लागि सिफारिस हुनुभयो ।

संघिय राजधानी रहेकाे बागमती प्रदेशमा ३८ जनाकाे विज्ञापनमा ३५ जनाले दाेश्राे पत्र परीक्षा दिएकाेमा २ जनाले उत्तीर्ण हुदा गन्डकी प्रदेशमा भने ५ जनाले लिखित परिक्षा उत्तीर्ण गरे जहाँ ४३ जनाकाे माग गरिएकोमा थियाे र ४५ जनाले लिखित परीक्षा दिएका थिए।

लुम्बिनी प्रदेशमा ३३ जनाकाे माग गरिंदा ४९ जनाले विषयगत परिक्षामा सहभागी हुदा ५ जना अन्तर्वार्ताकाे लागि सिफारिस भएका छन्। कर्णाली प्रदेशमा २३ जनाकाे माग गरिएकोमा १७ जनाले विषयगत परीक्षा दिएकाेमा ७जना अन्तरवार्ताकाे लागि छनौट तथा सुदुरपश्चिमबाट ४७ पद माग गरिएकोमा ७८ जनाले विषयगत उत्तीर्ण गरेकाेमा १४ जना अन्तर्वार्ताकाे लागी
छनाैट भएकाे बताइएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ४२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक