५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आङ्देम्बेकाे पाँचथरमा अग्रता कायमै



फिदिम,पूर्व भाैतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङकाे शुरुवाती अग्रतालाई उल्ट्याउदै एक मात्र प्रतिनिधि सभा सदस्य सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको केन्द्रीय सह-महामन्त्री भिष्मराज आङदेम्बेकाे निरन्तर अग्रता कायमै छ।हालसम्मको प्राप्त मतपरिणामअनुसार सह-महामन्त्री आङ्देम्बेले एमालेका नेम्वाङलाई ३६८ मतले पछि पार्नु भएकाे छ। आङ्देम्बेले ७,६१८ मत प्राप्त गर्दा नेम्वाङले ७,२५० मत पाउनुभयो ।अन्य कुनैपनि उम्मेदवारहरुकाे मतले हजार ननाघेकाे जनाइएको छ।

उता प्रदेश(१) मा भने नेकपा एमालेका राजकुमार भन्डारीले एकीकृत समाजवादीकाे कमल जवेगुकाे निरन्तर अग्रतालाई उल्ट्याउदै ११ मतको अग्रता लिएका छन्। भन्डारीले ७,४५७ मत प्राप्त गर्दा जवेगुकाे ७,४४६ मत आएको छ।

प्रदेश(२)मा भने माओवादी केन्द्रका आर्थिक मामिला मन्त्री इन्द्र आङबाे माैसमले २,१३८ मतकाे अग्रता कायम गर्नु भएकाे छ।आङ्बाेले हालसम्म ७,९८० मत प्राप्त गर्नुहुदाँ नेकपा एमालेकाे आइन्द्र सुन्दर नेम्वाङले ५,८४२ मत ल्याउनु भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज