१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मध्यपुर ठिमीमा आगलागी, एककाे मृत्यु ,एक घाइते

रीता थाम्सुहाङ



काठमाडाै,मध्यपुर ठिमीमा आज बिहान भएकाे आगलागीमा परेर एक जनाकाे मृत्यु हुनाकाे साथै एकजना घाइते भएकाे प्रहरीले जनाएकाे छ। मध्यपुर ठिमी नगरपालिका-६ राइटाेल माथिल्लाे कुन्डाेल बस्ने ४९ वर्षिय आत्माराम केसी र ४१ वर्षिय हरिशरण केसीकाे कच्ची तिनतले घरमा आज बिहान आगलागी भएकाे हाे।

बिहान ८ बजे भएकाे आगलागीमा परेर प्यारालाइसिस र सुस्त मनस्तिथीकाे आत्मारामकाे छाेरी २५ वर्षिया अस्मिता केसीकाे पाैने ९ बजे घरमै मृत्यु भएकाे महानगरिय प्रहरी नायब उपरिक्षक राजु पान्डेले जानकारी दिनुभयाे।

हरिशरणकाे छाेरी १४ वर्षिया नित्या केसीलाई साे आगलागीबाट उद्धार गरी उपचारार्थ काेरिया मैत्री अस्पताल ठिमी लगिएकाे जनाइएकाे छ।

प्रहरी,सेना,सशस्त्र प्रहरी,जुद्ध बारुण यन्त्रकाे २ दमकल र स्थानियकाे सहयाेगमा आगलागी नियन्त्रण गरीएकाे छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ३७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र