६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उसकै घरमा बंगलादेशलाई नेपालले १-० ले हरायो ।



काठमाडौ,बंगलादेशमा जारी साफ अन्डर १५ महिला फुटबल प्रतियोगितामा नेपालले आयाेजक बंगलादेशलाई उसकै घरमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अङ्क पाउनुकाे साथै साफ महिला फुटबल च्याम्पियनसिपकाे फाइनलकाे हारकाे बदला लिएको छ।

आज शनिबार भएको दाेस्राे खेलमा नेपालकाे लागि खेलकाे ८६ओ मिनेटमा वर्षा ओलीले गाेल गरिन्।नेपाली खेलाडीलाई फल गरेपछि नेपालले पाएकाे फ्रि किकमा १९ नं काे खेलाडी सिमरन राइले मैदानको मध्यबाट गरेकाे फ्रि किकलाई २५ यार्ड टाढाबाट वर्षा ओलीले सटिक फिनिसिङसाथ पाेष्टकाे देब्रेतर्फ सिधै प्रहार गरिन् जाली चुमेकाे बल जुन बंगलादेशी गाेलकिपरले हेर्न शिवाय केही गर्न सकिनन्।

आजकाे जितसंगै ६ अङ्ककाे साथ नेपाल शिर्षस्थानमा उक्लिएकाे छ। नेपालले अघिल्लो खेलमा भुटानलाई ७-० ले हराएको थियाे भने बंगलादेशले भुटानलाई ८-० ले हरायो ।डबल लिगमा खेलाइएको खेलमा नेपालले अर्काे खेल भुटानसँग खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज