३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महासंग्राम इलाम-२,नेम्वाङ रेडजाेनमा,गठबन्धनको ३,००० मत बढी



इलाम,आगामी मंसिर ४गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनको महासंग्राममा इलाम-२ मा पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुभाष चन्द्र नेम्वाङ रेड जाेनमा हुनुहुन्छ ।

पटक पटक चुनाव जितेका नेम्वाङ याे पटक जसपाकाे सहयाेगमा लाेकतान्त्रिक वाम गठबन्धनबाट नेपाली काङ्ग्रेसको जिल्ला सभापति तथा युवा नेता डम्बरबहादुर खड्कासंग चुनावी महासंग्राममा भिड्दै छन्।। इलाम नगरपालिकाकाे १० बाहेकका वडाहरु, माई नगरपालिकाका ६,७ र ८नंवडाहरु चुलाचुली,माङसेबुङ र फाकफाेकथुमका सवै वडाहरु र देउमाई नगरपालिका समेटिएको पश्चिमी इलामको याे क्षेत्रमा गत स्थानिय निर्वाचनको पालिकाप्रमुख तथा वडाध्यक्षहरुले प्राप्त गरेकाे मतकाे आधारमा नेम्वाङ खड्काभन्दा २,८४१ कम मतले रेड जाेनमा हुनुहुन्छ ।खड्कालाई साथ दिएका गठबन्धनका उम्मेदवारहरुले ३६,५५५ मत र नेम्वाङलाई समर्थन गर्ने एमाले, जसपा र राप्रपाका उम्मेदवारहरुले ३३,७१४ मत प्राप्त गरेका छन्।

इलाम नगरपालिकामा लाेकतान्त्रिक गठबन्धनका मेयरले १० नं बाहेकका वडाबाट ११,७५७ र एमालेका उम्मेदवारले ९,५३९ मत ल्याउदा देउमाइ नगरपालिकामा क्रमश:७,६२३ मत र ८,६९५ मत पाएका थिए भने माइ नगरपालिकाकाे ६,७ र ८नंका वडाध्यक्षहरुले २,२०९ र २,५६८ मत पाएका थिए।

उता चुलाचुली गाउँपालिकामा भने गठबन्धनका अध्यक्षले ६,६५० मत पाएर विजयी बन्दा एमालेका उम्मेदवारले ३,७५५ मत ल्याएका थिए।फाकफाेकथुममा क्रमश:४,८२१ र ५,३२२ मत र माङ्सेबुङमा गठबन्धनको ३,४९५ मत र एमालेका उम्मेदवारले ३,८१८ मत ल्याएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : ४५ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।