३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा याेगेश भट्टराई रेडजाेनमा,के खेलप्रसाद बुढाक्षेत्रीसँग जित्लान त चुनाव!



ताप्लेजुङ,यहि मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे चुनावमा एकमात्र प्रतिनिधि सभा सदस्य रहेकाे ताप्लेजुङबाट चुनावी भिडन्तमा रहेकाे नेकपा एमाले नेता याेगेश भट्टराई नेकपा माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्रीसँगकाे प्रतिष्पर्धामा हुनुहुन्छ।बुढाक्षेत्रीलाई सत्तागठबन्धनकाे साथ रहेकाे छ भने भट्टराई जसपा,राप्रपाकाे साथमा मैदानमा हुनुहुन्छ ।

गत स्थानीय निर्वाचनमा पालिकाप्रमुखहरुले पाएकाे मतकाे आधारमा हेर्ने हाे भने नेकपा एमालेकाे नेता भट्टराई बुढाक्षेत्री भन्दा २,२११ कम मतले रेडजाेनमा हुनुहुन्छ।जम्मा ९ स्थानीय निकाय रहेकाे ताप्लेजुङमा नेपाली काङ्ग्रेसको ४,नेकपा एमालेकाे ३ र नेकपा माओवादी केन्द्रकाे २ स्थानिय निकायमा प्रमुखहरु विजयी हुनुहुन्छ ।

लाेकतान्त्रिक वाम गठबन्धनका पालिकाप्रमुखका उम्मेदवारहरुले २७,४६५ मत ल्याउदा एमालेका पालिकाप्रमुखहरुले २५,२५४ मत पाउनुभयो। आठराई त्रिवेणीमा एमालेका प्रमुखले ३,०३६ मत पाउँदा नेपाली काङ्ग्रेसको उम्मेदवारले २,५२६ मत पाएकाे छ भने पाथीभरा याङवरकमा क्रमश: २,८९८ र २,८७४ मत र सिदिङवामा ३,०५५ र २,३८२ मत रहेकाे छ।

फक्ताङलुङमा नेकपा माओवादीकाे २,६६०  मत र एमालेले २,३१२ मत हुदा फुङलिङ नगरपालिकामा नेपाली काङ्ग्रेसको ६,१७९ मत र एमालेकाे ३,८९२ मत रहेकाे छ भने मैवाखाेला गाँउपालिकामा  नेपाली काङ्ग्रेसको २,०२३ मत र एमालेकाे १,९६४ मत रहेकाे छ।

उता मेरिङदेनमा नेपाली काङ्ग्रेसको अध्यक्षले २,८६९ मत ल्याएर विजयी बन्दा नेकपा एमालेले २,७७० मत पायाे भने मिक्वाखाेला गाँउपालिकामा नेकपा माओवादीले २,६०९ मत र नेकपा एमालेले २,०५२ मत तथा सिरिजङ्घा गाउँपालिकामा नेपाली काङ्ग्रेसकाे प्रमुख ३,३४३ मत ल्याइ विजयी बन्दा नेकपा एमालेकाे उम्मेदवारले ३,२७५ मत पाएकाे थियाे।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु