६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा-१ मा महाभिडन्त,के बिश्वप्रकाश शर्माले तेस्राे पटकमा जित्लान त?



विर्तामाेड,आसन्न म‌सिर ४ गते हुने प्रतिनिधी सभाकाे निर्वाचनमा झापा-१ मा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्नाे तेस्राे प्रयासमा स‌सद प्रवेश गर्ने दाउमा हुनुहुन्छ तर बाटाेमा तगाराेकाे रुपमा हुनुहुन्छ नेकपा एमालेकाे नेता तथा पुर्व महान्याधिवक्ता अग्नी खरेल।

भद्रपुर नगरपालिकाकाे २ वडा,बुद्धशान्ती गाँउपालिकाकाे ४ वटा वडा र मेचिनगर नगरपालिकाकाे सवै १५ वडाहरु समेटिएकाे झापाकाे सुदुरपूर्वी साे क्षेत्रमा महमन्त्री शर्मा २०७० र २०७४ मा गरी दुइपटक पराजित भइसक्नु भएकाे छ।कुल २१ वटा वडामध्ये नेकपा एमालेले १४ वडा,नेपाली काङग्रेसले ६ वटा वडा र नेकपा माओवादीले १ वडा जितेकाे छ।

गत स्थानिय निर्वाचनमा वडाध्यक्षहरुले पाएकाे मत हेर्दा शर्मा खरेलभन्दा ७,९५५ मतले पछि हुनुहुन्छ। एमालेका वडाध्यक्षहरुले पाएकाे ३१,२३३ मत र राप्रपाका वडाध्यक्षहरुले पाएकाे ४,६८६ मत सहितकाे तथ्याङ्क हाे। नेपाली काङग्रेसका वडाध्यक्षहरुले २४,४८९ मत र माओवादी केन्द्रका वडाध्यक्षहरुले ३,४७५ मत ल्याएका थिए।

भद्रपुर नपामा एमालेका वडाध्यक्षहरुकाे २,८१४ मत,राप्रपाकाे ७०६मत,माओवादीकाे ७८६ मत र नेपाली काङग्रेसकाे १,१७१ मत तथा बुद्धशान्ती गापामा एमालेकाे ३,७४६ मत,राप्रपाकाे ४९९ मत र नेपाली काङग्रेसका वडाध्यक्षहरुले ४,१६५ मत पाउँदा मेचीनगर नगरपालिकामा भने नेकपा एमालेका वडाध्यक्षहरुले २४,६७२ मत,राप्रपाकाे ३,४८१ मत र नेपाली काङग्रेसका वडाध्यक्षहरुले १९,१५३ मत र नेकपा माओवादीका वडाध्यक्षहरुले ३,४७५ मत ल्याउनु भएकाे थियाे।

तर स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसमा ब्यापक अन्तर्घात भएकाे र अहिले एकजुट भएकाे अवस्था रहेकाे तथा झापा-१ बाट शर्मा मतदाताबिच लाेकप्रिय हुनुभएकाे कारण महामन्त्री शर्मा निर्वाचित हुनुहुने नेकपा एमालेकै मेचिनगर-१३ चारआलीका एक मतदाताले नाम उल्लेख नगर्ने शर्तमा हिलिहाङ डटकमलाईबताए।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज