१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौं १मा फेरि महाभिडन्त,सिंहकाे पल्ला मिश्रमाथि भारी



काठमाडौं,यहि मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडौ-१ बाट २०७४ सालमा झै पुन: एकपटक नेपाली काङ्ग्रेसको प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीको रविन्द्र मिश्र आमनेसामने हुदैहुनुहुन्छ।तर परिस्थिति र समय यसपटक सिंहकाे अनुकुल र मिश्रकाे प्रतिकुल देखिएकाे छ।

काठमाडौं महानगरपालिकाकाे १०,११,२९ र ३१ वडा समेटिएको काठमाडौं -१ मा गत स्थानीय निर्वाचनमा ३ वडा नेपाली काङ्ग्रेसले र १ वडा नेकपा एमालेले जितेकाे थियाे। मिश्रकाे राप्रपाका वडाध्यक्षहरुले मात्र १,२९० मत ल्याउदा सिंहकाे नेपाली काङ्ग्रेसको वडाध्यक्षहरुले ९,९१५ मत,एमालेले ९,५७१ मत नेकपा माओवादी केन्द्रले १,१५९ मत र बिवेकशिलले १४६ मत तथा लाेसपाले ५४ र जसपाले २७ मत पाएका थिए ।

याे तथ्यांकअनुसार सिंहकाे पक्षमा ११,१२८मत, एमाले जसपाकाे ९,५९८ मत र राप्रपाकाे १,२९० मत  देखिन्छ ।राप्रपा र एमालेका मत जाेड्दा पनि सिंह ४४० मतले अघि र नजाेड्दा झन्डै १०,००० मतले मिश्र भन्दा अघि छन् जबकि वडा नं ३१ मा नेपाली काङ्ग्रेसको वडा सदस्यहरुले वडाध्यक्ष भन्दा झण्डै १,५०० मत बढी ल्याउनुभएकाे छ जुन मत प्रकाशमान सिंहलाई जाने हाे भने मतान्तर अझै बढ्न सक्छ।

वडागत हेर्दा वडा नं १० मा नेपाली काङ्ग्रेसको ३,४२८,एमालेकाे १,९५३,माओवादीकाे २४३,राप्रपाकाे २०३ र विवेकशीलकाे ५३ मत रहेकाे र वडा नं ११मा नेपाली काङ्ग्रेसको १,५५५ मत,एमालेकाे ९५० मत,माओवादीले १६६ मत,राप्रपाले २५२ मत,विवेकशील १४ र लाेसपाले ४० मत पाएकाे छ।

उता वडा नं २९ मा नेपाली काङ्ग्रेसको १,९४१ मत,एमालेकाे १,८७१ मत,माओवादीले १०४ मत र राप्रपाले २१० मत पाएकाे छ भने वडा नं ३१ मा नेपाली काङ्ग्रेसको २,९९१ मत,एमालेकाे ४,१०७ मत,माओवादीकाे ६४६ मत,राप्रपाकाे ५८५ मत,विवेकशीलकाे ७९ मत,जसपाकाे २७ र लाेसपाले १४ मत ल्याएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ३३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र