१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झिंजाले मुढा डढ्ने,जनमुक्ति एमालेलाई भारी,रुपन्देही -२मा बिष्णु पौडेलकाे के हाेला?



बुटवल ,भनाइ नै छ झिंजाले मुढा डढ्छ,सायद नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीलाई प्रतिष्पर्धी त्याे पनि प्रतिनिधि सभामा आफ्नै उपाध्यक्ष विरुद्धमा,कडा कम्युनिस्ट स्कुलिङमा सायदै कल्पना गरिएको थियाे हाेला।तर बलवान् समयले त्यसलाई ध्रुवसत्य बनाएकाे छ,र निर्वाचन आयाेगले नेकपाएकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङकाे उम्मेदवारी खारेज गरेसँगै राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही -२ का उम्मेदवार केशबबहादुर थापा भारी बन्दै छन् नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल विरुद्धमा ।

लाेकतान्त्रिक वाम गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशबबहादुर थापालाई साझा उम्मेदवारकाे रुपमा समर्थन गर्ने निर्णय हिजाे गरेपछि पौडेलको अवस्था कमजोर बनेकाे छ।गत स्थानीय निर्वाचनको मतमा फेरबदल नआए  सैनामैना नगरपालिकाकाे वडा नं १-४,तिलाेत्तमा नगरपालिकाकाे वडा नं १-६ र बुटवल उपमहानगरपालिकाकाे वडा नं १-१३ समेटिएको रुपन्देही-२ बाट १०,१७९ मतान्तरबाट पहिलाेपटक राष्ट्रिय जनमुक्ति पार्टीबाट केशबबहादुर थापा संसदमा प्रवेश गर्ने सम्भावना छ,त्याे पनि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हराउदै।

गत स्थानीय निर्वाचनमा तिनवटै नगरपालिकामा नेपाली काङ्ग्रेसले जितेको थियाे।कुल २३ वडाध्यक्षमध्ये नेपाली काङ्ग्रेस र नेकपा एमालेले समान ११,११ र १ नेकपा माओवादी केन्द्रले जितेकाे थियाे।साे क्षेत्रमा नेपाली काङ्ग्रेस र जनमुक्तिकाे वडाध्यक्षहरुले ४२,८४८ मत र नेकपा एमालेका वडाध्यक्षहरुले ३२,६६९ मत पाएका थिए।

सैनामैना नपामा नेपाली काङ्ग्रेसको ६,१७३ मत र एमालेकाे मत ६,३०५ आउदा तिलाेत्तमा नपामा नेपाली काङ्ग्रेसका वडाध्यक्षहरुले १०,९५० मत,नेकपा एमालेका वडाध्यक्षहरुले ८,५०१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका वडाध्यक्षहरुले २,०५३ मत ल्याएका थिए।

उता बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको वडाध्यक्षहरुले १९,७४६ मत नेकपा एमालेका वडाध्यक्षहरुले १७,८५७ मत र राष्ट्रिय जनमुक्तिका वडाध्यक्षहरुले ३,९०८ मत पाएका थिए ।

चुनावी गठबन्धनमा रुपन्देही -२,नेकपाएकिकृतसमाजवादीकाे भागमा परेर राजु गुरुङकाे उम्मेदवारी दर्ता भएकाे थियाे।निर्वाचन आयाेगमा परेकाे उजुरीको कारण उहाँको उम्मेदवारी खारेजी पछि सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशबबहादुर थापालाई साझा उम्मेदवार मानेर समर्थन गर्ने निर्णय गरेकाे थियाे।

गत स्थानीय निर्वाचनमा इलामकाे माङसेबुङ-५ मा सत्तारुढ गठबन्धनको सहयाेगमा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको थियाे जुन पवित्र किराँत धर्मस्थल लारुम्बामा पर्दछ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  १० : ४६ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता