१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काङ्ग्रेसकाे दानीनेतृ मैयादेवि श्रेष्ठको ९५ वर्षकाे उमेरमा निधन



भरतपुर,नेपाली काङ्ग्रेसको नेतृ तथा समाजसेवि दानविर नेतृ मैयादेवि श्रेष्ठको ९५ वर्षको उमेरमा गतराती १बजेर १० मिनेटमा निधन भएकाे छ।चितवन नेपाली काङ्ग्रेसको सभापति राजेश्वर खनालकाे अनुसार केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएकाेले उपचारपछि घर ल्याइएको थियाे।

वि.स.१९८५ असाेज ५ गते फुलपातीकाे दिन तनहुकाे बन्दिपुरमा जन्मनुभएकाे नेतृ श्रेष्ठ विपी काेइरालाबाट सदस्यता लिएर २००३ सालदेखि नेपाली काङ्ग्रेसकाे राजनिती गर्नुभएको थियाे।

२०४८ सालमा गाेरखा -२ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे नेतृ श्रेष्ठ २०५६ सालमा राष्ट्रिय सभा सदस्य तथा जनआन्दोलन २०६२/०६३ पछिकाे संसदमा पनि सदस्य हुनुहुन्थ्यो ।

सानेपामा रहेको नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय ६ कराेड ५० लाख मुल्य बराबरको दान गर्नुभएको श्रेष्ठले रवि भवनको तरुण दलकाे केन्द्रीय कार्यालय,चितवनको नेपाली काङ्ग्रेसको जिल्ला कार्यालय लगायत अन्य संघसंस्थालाई अरबौकाे दान गर्नुभएको जनाइएको छ।

चितवनको मानव सेवा लगायत मैयादेवि कन्या क्याम्पस स्थापना गर्नुभएको थियाे।मानविकी,व्यवस्थापन र नर्सिङ पढाइ हुने साे क्याम्पसमा हाल ८०० बढि छात्राहरु अध्ययनरत छन्।

स्व मैयादेवि श्रेष्ठ अविवाहित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ४८ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा