३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काङ्ग्रेसकाे दानीनेतृ मैयादेवि श्रेष्ठको ९५ वर्षकाे उमेरमा निधन



भरतपुर,नेपाली काङ्ग्रेसको नेतृ तथा समाजसेवि दानविर नेतृ मैयादेवि श्रेष्ठको ९५ वर्षको उमेरमा गतराती १बजेर १० मिनेटमा निधन भएकाे छ।चितवन नेपाली काङ्ग्रेसको सभापति राजेश्वर खनालकाे अनुसार केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएकाेले उपचारपछि घर ल्याइएको थियाे।

वि.स.१९८५ असाेज ५ गते फुलपातीकाे दिन तनहुकाे बन्दिपुरमा जन्मनुभएकाे नेतृ श्रेष्ठ विपी काेइरालाबाट सदस्यता लिएर २००३ सालदेखि नेपाली काङ्ग्रेसकाे राजनिती गर्नुभएको थियाे।

२०४८ सालमा गाेरखा -२ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे नेतृ श्रेष्ठ २०५६ सालमा राष्ट्रिय सभा सदस्य तथा जनआन्दोलन २०६२/०६३ पछिकाे संसदमा पनि सदस्य हुनुहुन्थ्यो ।

सानेपामा रहेको नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय ६ कराेड ५० लाख मुल्य बराबरको दान गर्नुभएको श्रेष्ठले रवि भवनको तरुण दलकाे केन्द्रीय कार्यालय,चितवनको नेपाली काङ्ग्रेसको जिल्ला कार्यालय लगायत अन्य संघसंस्थालाई अरबौकाे दान गर्नुभएको जनाइएको छ।

चितवनको मानव सेवा लगायत मैयादेवि कन्या क्याम्पस स्थापना गर्नुभएको थियाे।मानविकी,व्यवस्थापन र नर्सिङ पढाइ हुने साे क्याम्पसमा हाल ८०० बढि छात्राहरु अध्ययनरत छन्।

स्व मैयादेवि श्रेष्ठ अविवाहित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु