१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरिइन् पाँचथरे चेली प्रितिका भ्वाइसबाट,अर्गानिक आवाजलाई काेचहरुले चिनेनन्



काठमाडौं,हिजाे पाँचथर याङवरक-२ तिम्तिम्बाेमा घाँस दाउराको भारी सँगै तिम्बुङ पाेखरीबाट निस्केको ईन्द्रावती खाेलासँग सरगम सिक्ने पाँचथरे चेली प्रितिका बेघा आज युट्युवमा खाेजिने,टिकटक,फेसबुक,ट्विटर,इन्स्टाग्राममा भेटिने गायिका बनेकि छिन् र याे जित हाे।तर सुदुरपूर्वकाे अर्गानिक आवाज अब भ्वाइस अफ नेपालमा देखिने छैन्अर्थात् शानदार प्रस्तुतिकाे बाबजुद दुर्भाग्यवश प्रितिका बेघा गायनकाे रियालिटि शाे भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डबाट बाहिरिएकी छिन्।

शनिवारकाे भ्वाइसमा टिम राजेशकाे ब्याटलमा प्रितिका बेघा र अर्को गायक मुस्कान राईकाे ब्याटल अनपेक्षित थियाे।एउटा दशकदेखि राजधानीमा  ब्यवसायिक संगितकाे एरेन्जर,मिक्सिङ म्यान,रेकर्डिस्ट र सबै काेचहरुसँग काम गरेकाे स्थापित नाम अर्काे संगितकाे सारेेगमपधनिसा कखरा नचिनेको रेकर्डिङ स्टुडियो नदेखेकाे एउटा गाउँमा जन्मेको चेलि कुनै प्रतिष्पर्धा नै हुने सम्भावना थिएन्।नतिजा अपेक्षित नै थियाे तर स्टेजमा प्रितिका बेघाकाे प्रस्तुति कुनै व्यबसायिक गायिका भन्दा कम थिएन।

अन्तमा त्यहि नतिजा घाेषणा भयाे अर्थात मुस्कान राई नकआउटका लागि छानिनु भयाे । तर स्टेजबाट जाँदाजाँदै प्रितिका बेघाले कराेडौ नेपाली संगितप्रेमीहरुकाे मन जितेर जानुभयो। स्यावास!क्याबात पाँचथरे गायिका! संगितमा अझै धेरै गर्नु छ,संगितप्रेमीहरुकाे साथ सदैव रहनेछ र याे सम्भव छ पाँचथर याङवरक तिम्तिम्बुमा निरन्तर अभ्यास ,साधना र संगितकाे समर्पणबाट।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : २३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको