ताप्लेजुङ,गतराती ताप्लेजुङ मैवाखाेला-४ याम्फेवा खाेलानजिक ट्याक्टर दुर्घटनामा परि ४ जनाकाे मृत्यु भएको छ।
मे.१.त ५५५६ नं काे ट्याक्टर सडकबाट २०० मिटर तल खस्दा मैवाखाेला -५ का ३१ वर्षका ट्याक्टर चालक पासाङ शेर्पा, चालकको भाइ वर्ष २४ काे फुर्वा शेर्पा ,मैवाखाेला -४ बस्ने एकाघरकाे वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७काे लाकी शेर्पा काे घटनास्थलमै निधन भएको मैवाखाेला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनु भयाे।








प्रतिक्रिया