रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भाेइस अफ नेपाल सिजन फाेरकाे एघारौ एपिसाेडकाे ब्याटल राउन्डकाे पहिलो एपिसाेडबाट आआफ्नो शानदार प्रस्तुतिले काेचहरुकाे मन जित्दै परेश राई र प्रनिल राई अघिल्लो चरणमा प्रवेश गर्नु भएकाे छ।
टिम प्रमाेदबाट “सालकाे दुना,सालैकाे टपरी “बाेलकाे गीतमा ब्याटल गरेका राई भर्सेस राई अर्थात रन्जन राई र प्रनिल राईमा अधिकांश काेच तथा दर्शककाे राेजाइ बन्दै प्रनिल राई अधिल्लाे चरणमा प्रवेश गर्नुभयाे।रन्जन राई र प्रनिल राईकाे याे ब्याटलबाट विजेता छान्न काेच प्रमाेदलाई सहयाेगीकाे सहायता लिन परेकाे थियाे।
उता टिम राजेशबाट “माया त गर्छु भन्देउ” बाेलकाे गितबाट ब्याटल गरेका परेश राई र समीर परियारमा अधिकांश दर्शक र काेच प्रविशा तथा राजुले समिरलाई छानेका भएतापनि काेच राजेशले परेश राईलाई नै अघिल्लो चरणमा प्रवेश गराउनु भयाे।
टिम प्रविशाबाट प्रिजन नेपालीले जस्मिन खड्कालाई”तिमीलाई हाँसाे भएछ”बाेलकाे गितमा ब्याटल पछि हराउदा टिम राजुबाट “सम्बाेधन तिमीलाई “बाेलकाे गितकाे ब्याटलमा भुटानका गायक रिहान गिरीले बिक्रम सुवाललाई पाखा लगाए।
एउटा पनि गायकगायिकाले स्टिल द भाेइस अफ नेपालकाे एघारौं एपिसाेडकाे ब्याटल राउन्डमा पाउन सक्नु भएन।
प्रतिक्रिया