३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश१का १९ काङ्ग्रेसको उम्मेदवारहरुमा संस्थापनकाे १०जना



रीता थाम्सुहाङ/काठमाडौं, यहि मंसिर ४गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा प्रदेश १मा काङ्ग्रेसको १९ जना उम्मेदवारहरुमा १०जना संस्थापन पक्षकाे हुनुहुन्छ ।बाँकी ९ जनामा शेखर काेइराला पक्षकाे ४जना ,कृष्णप्रसाद सिटौला पक्षकाे २जना तथा प्रकाशमान सिंह पक्षकाे २ जना र शशांक काेइराला पक्षकाे १जना हुनुहुन्छ ।

संस्थापन पक्षका १० जना प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरु यसप्रकार हुनुहुन्छ ।

१)पाँचथर-भिष्मराज आङदेम्बे २)इलाम-२-डम्बर खड्का ३)झापा-५-खगेन्द्र पाण्डब अधिकारी ४)सुनसरी-२-सिताराम मेहता ५)सुनसरी-३-विजयकुमार गच्छदार ६)सुनसरी-४-ज्ञानेन्द्र बहादुर कार्की ७)उदयपुर-१-नारायण खड्का ८)ओखलढुंगा-रामहरि खतिवडा ९)धनकुटा-सुनिल बहादुर थापा १०)तेह्रथुम-सीता गुरुङ

शेखर काेइराला पक्षका ४उम्मेदवारहरु यसप्रकार हुनुहुन्छ।

१)माेरङ-१-डिगबहादुर लिम्बू २)माेरङ-३-सुनिल शर्मा ३)माेरङ-६-शेखर काेइराला ४)साेलुखुम्बु-बलबहादुर के.सी.

नेता कृष्णप्रसाद सिटौला पक्षमा उम्मेदवारहरुमा १)झापा-३-कृष्णप्रसाद सिटौला र २)झापा-४-देउकुमार थेबे हुनुहुन्छ।

प्रकाश मान सिंह पक्षका २ उम्मेदवारहरुमा १)झापा-१-विश्व प्रकाश शर्मा र २)माेरङ-२-सुजता काेइराला हुनुहुन्छ ।

शशांक काेइराला पक्षका उम्मेदवारमा संखुवासभाबाट दिपक खड्का हुनुहुन्छ ।

प्रतिनिधि सभाकाे ९१ उम्मेदवारहरुमा संस्थापनकाे ५१,शेखरपक्षकाे २२ जना ,सिटौलापक्षकाे ६जना ,सिंहपक्षकाे ५जना,पाैडेलपक्षकाे ४जना र शशांक पक्षकाे ३जना उम्मेदवार हुनुहुन्छ ।

 

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।