३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका पन्ध्र प्रतिनिधि सभाकाे उम्मेदवारहरुकाे मनाेनयनबारे जाँच हुने



रीता थाम्सुहाङ/फिदिम,एकमात्र प्रतिनिधि सभा सदस्य निर्वाचित हुने पूर्वकाे पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरुकाे मनाेनयनबारे निर्वाचन अधिकृतकाे कार्यालयले जाँचकाे लागि उम्मेदवारहरुलाई निर्वाचन अधिकृतकाे कार्यालयले बाेलाएकाे छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा पाँचथरबाट ४ स्वतन्त्र सहित १५ जनाले उम्मेदवारी दर्ता गराउनु भएकाे छ। लाेकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार काे रुपमा फाल्गुनन्द-१का संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्बे र नेकपा एमालेका केन्द्रीय सदस्य बसन्त कुमार नेम्वाङ फिदिम-१का हुनुहुन्छ ।

यसरी नै संघिय लाेकतान्त्रिक राष्ट्रिय मन्चबाट याङवरक-६का जसबहादुर याेङहाङ,राप्रपाबाट कुम्मायक-३का कमलबहादुर चेम्जोङ,नेकपा (माले)बाट कुम्मायककै दिनानाथ घिमिरे राप्रपा नेपालबाट फिदिम-४ का मदन कुमार पाेख्रेल,मंगाेल नेशनल अर्गनाइजेसनबाट फिदिम-६ का राजकुमार तुम्राेक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिलिहाङका दल प्रसाद लिङदेन हुनुहुन्छ।

उता राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्वाङ,जसपाबाट फिदिमका प्रेमराज लावती र जन समाजवादी पार्टीबाट भिम बहादुर तामाङ हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवारहरुमा हिलिहाङ-३ का लाख बहादुर पालुङ्वा,फिदिमका विष्टन लावती,फाल्गुनन्दका दल बहादुर आङदेम्बे र अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण काफ्लेको उम्मेदवारी दर्ता भएकाे जनाइएको छ।


प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु