१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा प्रदेश सभा सदस्यमा उन्नाइस जनाकाे उम्मेदवारी



रीता थाम्सुहाङ/फिदिम,यहि मंसिर ४गते हुने प्रदेश सभा सदस्यकाे निर्वाचनमा पाँचथर प्रदेश क मा १० जनाकाे र प्रदेश ख मा ९ जना गरि १९ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ।

प्राप्त खबरअनुसार प्रदेश क मा २ स्वतन्त्र सहित १० जनाकाे उम्मेदवारी परेकाे छ।उहाँहरुमा याङवरक-२का इन्दिरा द्यौराली र फालेलुङ-३का सन्चकुमार केरुङ स्वतन्त्र हनुहुन्छ। राप्रपा नेपालबाट फालेलुङ -२का नेत्र कुमार बस्नेत ,संघिय लाेकतान्त्रिक मन्चबाट फिदिम-१०का सागर केरुङ र मंगाेल नेशनल अर्गनाइजेसनबाट फिदिम-६का मनकुमार गुरुङकाे उम्मेदवारी दर्ता भएको जनाइएको छ। जनमुक्ति पार्टीबाट हिलिहाङ-२का दुर्गाप्रसाद सावा र राप्रपाबाट फिदिम-१२का ओमनाथ बजगाईले उम्मेदवारी दिनु भएको छ।

उता नेकपा एमालेबाट फिदिम-५का राजकुमार भन्डारी र लाेकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारकाे रुपमा फालेलुङ-१का कमलप्रसाद जवेगुले नेकपा एकिकृत समाजवादीबाट तथा याङवरक-२ बाट जसपाकाे उम्मेदवार मच्छिन्द्र प्रसाद बेघाकाे उम्मेदवारी  रहेकाे बताइएको छ।

यसरी नै प्रदेश ख मा १स्वतन्त्र सहित ९जनाकाे उम्मेदवारी परेकाे बताइएको छ।स्वतन्त्र उम्मेदवारमा मिक्लाजुङ-४का खड्गसुन्दर लावती हुनुहुन्छ ।मिक्लाजुङ-१का चन्द्रमाया बाेहाेरा राप्रपा नेपाल तथा संघिय लाेकतान्त्रिक मन्चबाट फाल्गुनन्द-५ का दिपेन्द्र चेम्जोङले उम्मेदवारी दिनु भएकाे छ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट फिदिम-५का सुर्यहाङ तुम्बापाे र राप्रपाबाट कुम्मायक-१का सगुनसुन्दर लावतीले उम्मेदवारी दर्ता गराउनु भएकाे जनाइएको छ भने नेकपा एमालेबाट फाल्गुनन्द-२का अइन्द्र सुन्दर नेम्वाङ र लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारकाे रुपमा नेकपा माओवादी केन्द्रबाट फिदिम-११ का इन्द्र कुमार आङ्बाेकाे उम्मेदवारी परेको छ।उता जसपाबाट फाल्गुनन्द-१बाट एबिराज आङदेम्बेले उम्मेदवारी दिनुभएकाे बताइएको छ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ४० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको