५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

SFC रानीटार,JYC फिदिम,चाेम्जुलुङ,मजाफलुङ,बाेइज युनियन विजयी



नाेगेनहाङ लिम्बू /फिदिम,जेभालेमा दशैकाे अवसरमा  सन्चालित फुटबल प्रतियोगितामा आज आयाेजक दशमी,बाेइज युनियन फालेलुङ,मजाफलुङ फिदिम,एसएफसी रानिटार,चाेम्जुलुङ सेवा समाज र जेवाइसी फिदिम आआफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन्।

आजकाे खेलमा आयाेजक दशमीले राइज रानीटारलाई ८-० ले हराउदा बाेइज युनियन फालेलुङले लुङरुपा स्पाेर्टिङलाई पेनाल्टी सुटआउटमा ४-३ ले हरायो । मजाफलुङ यलम्वर फिदिमले माबु इलामलाई १-० ले हराउदा एसएफसि रानीटारले बाबुङ्गा फिदिम-११लाई ४-० ले हरायो ।अर्को खेलमा चाेम्जुलुङ सेवा समाजले चर्च बाेइज फिदिमलाई ४-३ले हराउँदै अर्को चरणमा प्रवेश गर्दा जेवाइसि फिदिमले न्यु स्टार फालेलुङ-८लाई पेनाल्टी सुटआउटमा पाखा लगायाे।

महिलातर्फकाे एकमात्र खेलमा आयाेजक दशमीले फालेलुङ एफसीलाई १-० ले हराउँदै अर्को चरणमा प्रवेश गरेकाे आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

गत असाेज १७ गतेदेखि सन्चालित साे फुटबल प्रतियोगितामा  पुरुषतर्फ ३८ टिम र महिलातर्फ १३ टिम  सहभागी छन् भने पहिलो पुरस्कार रु १,२१,१११/- रहेकाे बताइएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज