
रीता थाम्सुहाङ/विराटनगर ,आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा प्रदेश १काे २८ प्रतिनिधि सभा सिटकाे तथा ५६ प्रदेश सभा सिटकाे बाँडफाँड सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुबाट मिलेकाे जनाइएको छ।
प्रतिनिधि सभाकाे २८ सिट मध्ये काङ्ग्रेसको भागमा १८ सिट माओवादी केन्द्रले ८ सिट र एकिकृत समाजवादीले २सिट लिने सहमति भएकाे जनाइएको छ।त्यस्तै प्रदेश सभाकाे ५६ सिटमा काङ्ग्रेस,माओवादी केन्द्र र एकिकृत समाजवादीले क्रमश: २८,१७ र ११ सिट लिने भएका छन्।
सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलाे दल नेपाली काङ्ग्रेसले प्रतिनिधि सभामा पाँचथर, इलाम-२,झापा-१,३,४,५ ,संंखुबासभा,तेह्रथुम,धनकुटा,माेरङ-१,२,३,६ सुनसरी-२,३,४ ओखलढुंगा र उदयपुर-१मा उम्मेदवारी दिनेछ भने माओवादी केन्द्रले ताप्लेजुङ,झापा-२,भाेजपुर,माेरङ-४,५ सुनसरी-१ साेलुखुम्बु र खाेटाङ तथा एकिकृत समाजवादीले इलाम-१ र उदयपुर-२ मा उम्मेदवारी दिनेछन्।
देशभरिका १६५ सिटमा भने नेपाली काङ्ग्रेस ८४,माओवादी केन्द्र ४७ एकिकृत समाजवादी १९ राष्ट्रिय जनमाेर्चा २ सिट र बाँकी १३ सिटमा सम्भवतः लाेकतान्त्रिक समाजवादीलाई दिनेगरी सिट बाँडफाँड भएकाे बुझिएको छ।















प्रतिक्रिया