२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भाग्यमानी २०२२का नाेवेल पुरस्कार बिजेताहरु !



रीता थाम्सुहाङ/काठमाडौ,विश्वकै सर्वाधिक प्रतिष्ठित र नामुद पुरस्कार नाेबेल पुरस्कारकाे विभिन्न विधाहरुमा विजेताहरुकाे नाम घाेषणा गर्ने क्रम जारी छ।

हालसम्मचिकित्साशास्त्र,भौतिकशास्त्र,रसायनशास्त्र र साहित्यमा नाेबेल पुरस्कार विजेताहरुकाे नाम सार्वजनिक गरिएकाे छ।

स्विडेनकाे स्टकहाेम स्थित नाेबेल फाउन्डेसनले सवैभन्दा पहिला चिकित्सा शास्त्रमा घाेषणा गरेकाे थियाे। जर्मन पाब्ब्राे सेमान्टले ४०,००० बर्ष पुरानाे नियान्डरथल मानवकाे डिएनए अध्ययनकाे साेध गरेबापत प्रदान गरियाे।

भौतिक शास्त्रमा सन् २०२२ काे नाेवेल पुरस्कार फ्रान्सेली एलन एस्पेक्ट, अमेरिकी जाेन एफ क्लासर र अष्ट्रियाका एन्टाेन जिलिङ्गरलाई संयुक्त रुपमा प्रदान गरियाे।क्वान्टम फिजिक्स र फाेटाेन्सकाे बारेमा उल्लेखनीय कार्य गरेबापत पुरस्कार प्रदान गरिएकाे जनाइएको छ।

रसायनशास्त्रमा दुई अमेरिकी र एक डेनिस रसायनशास्त्रीले अणुहरुकाे संयाेजन सम्बन्धमा शाेध गरेवापत २०२२काे नाेवेल पुरस्कार प्रदान गरिएको छ।केराेलाेन बेट्राेजी,माेर्टन मेल्डन र के बेरी सार्पलेसलाई संयुक्तरूपमा प्रदान गरिएको नाेवेल फाउन्डेसनले जनाएको छ।

साहित्य तर्फ  २०२२ काे नाेवेल पुरस्कार ८२ वर्षिया फ्रेन्च उपन्यासकार एनी आरनक्सले प्राप्त गर्नु भएकाे छ।दर्जनौं उपन्यास लेख्नुभएको उपन्यासकार एनिकाे अन्य विधामा समेत कलम चलाउनुभएकाे छ।

१० मिलियन स्विडिस क्राेनर तथा यु एस डलर ९,००,००० पुरस्कार राशी रहेकाे नाेवेल पुरस्कार अर्थशास्त्र र शान्ति विधामा घाेषणा हुन बाँकी रहेकाे छ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : ०३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक