१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम जेभालेमा जारी दशमी मेला ओपन फुटबलमा इलाम माबु,बाबुङ्गा र लुदिन फालेलुङ विजयी



नाेगेनहाङ लिम्बू /फिदिम,जेभाले फिदिम-१३ मा विजया दशमीकाे अवसर पारेर संचालित माेफसलकाे सर्वाधिक पुरस्कार रहेकाे दशमी मेला ओपन फुटबल प्रतियोगितामा इलाम माबु,बाबुङ्गा फिदिम-११ र लुदिन फालेलुङ आआफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन्।

आजकाे खेलमा पुरुषतर्फ इलाम माबुले त्रिवेणी युवा समूह फिदिम-१३ लाई ३-१ ले र बाबुङ्गा फिदिम-११ ले छिन्तापु सेवा समाजलाई १-० ले हरायाे।महिलातर्फ लुदिन फालेलुङले लुङरुपा स्पाेर्टिङलाई १-०गाेलअन्तरले हराएकाे आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनु भयाे।

हिजाेकाे खेलमा पुरुष र महिला दुवैमा दशमी मेला आयाेजक बी  विजयी बनेका छन्।पुरुषतर्फ आयाेजक बीले शिखर सामुदायिक संस्था फिदिम-१३ लाई ३-१ ले र महिलातर्फ आयाेजक बीले शिखर सामुदायिक कृषक संघलाई ५-३ ले र चुम्जुलुङ सेवा समाज फालेलुङ-८ ले आयाेजक सी लाई १-० ले हराउदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

पुरुषतर्फ पहिलाे र दाेस्राे हुनेले क्रमश:रु १,२१,१११/- र ६१,०००/- तथा महिलातर्फ पहिलाे र दाेस्राे हुनेले क्रमश:३०,०००/- र २०,०००/- नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

पुरुषतर्फ ३८ टिम र महिलातर्फ १३ टिमकाे सहभागीता रहेकाे आयाेजककाे तर्फबाट गजेन्द्र राईले  हिलिहाङ डटकमलाई बताउनु भयाे।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  २ : ५४ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा