५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरबाट काङ्ग्रेसका जवेगु र केरुङ समानुपातिककाे अन्तिम सुचीमा अटाए।



 

रीता थाम्सुहाङ/काठमाडौ,अन्तत: सत्ताकाे नेतृत्वमा रहेकाे र लाेकतान्त्रिक गठबन्धनको सबैभन्दा ठूलाे दल नेपाली काङ्ग्रेसको प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरुमा पाँचथरका दुई  नेताहरूले स्थान बनाउन सफल हुनुभएको छ।

काङ्ग्रेसले निर्वाचन आयाेगमा बुझाएको अन्तिम संसाेधित सुचीमा आदिवासीजनजाति महिला क्लस्टरबाट मधु जवेगु,र आदिवासीजनजाति  पुरुषबाट हाल दमक बस्नुहुने अइन्द्र केरुङकाे नाम रहेकाे हिलिहाङ  डटकमलाई जानकारी प्राप्त भएकाे छ।

फिदिमका महाधिवेशन प्रतिनिधि तथा महिला नेतृ मधु जवेगु आदिवासीजनजाति महिलाकाे तेर्हौ स्थानमा पर्नु भएकाे छ।पहिलाे र दाेस्राे स्थानमा खाेटाङका सरस्वती वजिमय र ताप्लेजुङका लिला बाेखिम र ताप्लेजुङकै गिता सेन्दाङ पन्ध्रौ स्थानमा तथा साेह्रौ स्थानमा निर्मला बस्नेत तामाङ हुनुहुन्छ ।

फालेलुङ जन्म भइ हाल दमकमा बस्नुहुने अर्का महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता अइन्द्र केरुङ आदिवासीजनजाति पुरुष क्लस्टरमा आठौं स्थानमा हुनुहुन्छ। गाेरखाकाे गाेपालमान श्रेष्ठ पहिलाे स्थानमा र रुकुमका भीम श्रीस मगर साेह्रौ स्थानमा रहनु भएकाे छ।

नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाकाे ११० समानुपातिक सदस्यकाे लागि खसआर्य पुरुष तथा महिलातर्फ १७,१७ जना,आदिवासीजनजाति पुरुष तथा महिलातर्फ १६,१६ जना,मधेशीतर्फ ८पुरुष र ९महिला,दलित ६पुरुष र८महिला,१ पिछडिएको क्षेत्र,थारुतर्फ २पुरुष र ३महिला तथा मुस्लिममा २ पुरुष र ३महिलाकाे संशाेधित नाम निर्वाचन आयाेगमा बुझाएको छ।

 

 

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज