३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस अफ नेपालमा ब्याटल राउन्डमा प्रवेश गर्न सफल पाँचथरे ४ गायकगायिकाहरु



रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे आठौं एपिसाेड सम्म आइपुग्दा पाँचथरका चार गायकगायिकाहरु ले काेचहरुकाे मन जित्दै ब्लाइन्ड अडिशन पार गर्दै ब्याटल राउन्डमा प्रवेश गर्न सफल भएका छन्।

एपिसाेड १ मा पहिलाे प्रतिष्पर्धीकाे रुपमा प्रवेश गर्दै याङवरक-२,तिम्तिम्बुका प्रितिका बेघा ब्याटल राउन्डमा प्रवेश गर्नु भयाे।पाँचथरका २४ वर्षिया चेलीले पाँचथर च्याङथापुकै लाेक गायक जितेन राईकाे “मालिङ्गाे काटी नि लै लै” बाेलकाे गित गाएर टिम राजेशलाई छनौट गर्नु भाे।

एपिसाेड ३ मा अर्का २१ वर्षिय फिदिमका युवा गायक याेगेश मगरले सरिन दाेर्जेकाे गित “सँगै बसौन” बाेलकाे गित गाउदै चारैजना काेचहरुकाे कुर्सी घुमाउन सफल हुनुभयो।टिम प्रमाेद आफ्नो राेजाइ रहेको बताउदै गायक मगर टिम प्रमाेदमा सहभागी हुनुभयो ।

एपिसाेड ५ मा पाँचथर मिक्लाजुङका मुस्कान मुकारुङ राईले “गाजल टिकी लाउन “बाेलकाे गीतबाट ब्लाइन्ड अडिशन पार गर्नु भाे।म्यूजिक एरेन्जर तथा रेकर्डिस्ट समेत रहेका मुकारुङले अन्तमा टिम राजेश नै राेज्नु भयाे।

पाँचथर हिलिहाङ जन्मघर भएकाे गायिका सबिना याेङहाङ लिम्बूकाे सुरम्य आवाजलाई सर्वाधिक दर्शकहरुले रुचाएकाे पाइन्छ । २२वर्षिया पाँचथरे चेलीकाे प्रस्तुतिबाट मन्त्रमुग्ध हुदै राई इज किङले एपिसाेड ७मा आफ्नाे टिममा समावेश मात्र गरेनन् बरु युगल गित समेत गाउनु भयाे। चर्चित गायक कुमार सानुकाे”के सन्देश बाेकी ल्यायौ”बाेलकाे गित गाएर आफ्नाे दमदार प्रस्तुतिबाट दर्शक र काेचकाे मन जित्नु भयाे।

हालसम्मको ८ एपिसाेडमा पाँचथरका चार गायक गायिकाकाे ब्याटल राउन्डमा प्रवेश गर्नु एकदमै सुखद र खुसीको खवर रहेकाे पाँचथरे गितकार मनु याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।तिनजना काेच राजेशमा पर्नुले ब्याटल राउन्डमा भेट हुनसक्ने सम्भावना भने रहेकाे छ।आगामी एपिसाेडहरुमा थप पाँचथरका गायक गायिमाहरुकाे प्रस्तुति देख्न पाइने नै छ।

सम्पूर्ण सफल गायकगायिकाहरुलाई हिलिहाङ डटकम परिवार हार्दिक बधाई तथा साँगितिक सफलताकाे कामना गर्दछौं ।

 

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १ : १५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु