१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस अफ नेपालमा ब्याटल राउन्डमा प्रवेश गर्न सफल पाँचथरे ४ गायकगायिकाहरु



रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे आठौं एपिसाेड सम्म आइपुग्दा पाँचथरका चार गायकगायिकाहरु ले काेचहरुकाे मन जित्दै ब्लाइन्ड अडिशन पार गर्दै ब्याटल राउन्डमा प्रवेश गर्न सफल भएका छन्।

एपिसाेड १ मा पहिलाे प्रतिष्पर्धीकाे रुपमा प्रवेश गर्दै याङवरक-२,तिम्तिम्बुका प्रितिका बेघा ब्याटल राउन्डमा प्रवेश गर्नु भयाे।पाँचथरका २४ वर्षिया चेलीले पाँचथर च्याङथापुकै लाेक गायक जितेन राईकाे “मालिङ्गाे काटी नि लै लै” बाेलकाे गित गाएर टिम राजेशलाई छनौट गर्नु भाे।

एपिसाेड ३ मा अर्का २१ वर्षिय फिदिमका युवा गायक याेगेश मगरले सरिन दाेर्जेकाे गित “सँगै बसौन” बाेलकाे गित गाउदै चारैजना काेचहरुकाे कुर्सी घुमाउन सफल हुनुभयो।टिम प्रमाेद आफ्नो राेजाइ रहेको बताउदै गायक मगर टिम प्रमाेदमा सहभागी हुनुभयो ।

एपिसाेड ५ मा पाँचथर मिक्लाजुङका मुस्कान मुकारुङ राईले “गाजल टिकी लाउन “बाेलकाे गीतबाट ब्लाइन्ड अडिशन पार गर्नु भाे।म्यूजिक एरेन्जर तथा रेकर्डिस्ट समेत रहेका मुकारुङले अन्तमा टिम राजेश नै राेज्नु भयाे।

पाँचथर हिलिहाङ जन्मघर भएकाे गायिका सबिना याेङहाङ लिम्बूकाे सुरम्य आवाजलाई सर्वाधिक दर्शकहरुले रुचाएकाे पाइन्छ । २२वर्षिया पाँचथरे चेलीकाे प्रस्तुतिबाट मन्त्रमुग्ध हुदै राई इज किङले एपिसाेड ७मा आफ्नाे टिममा समावेश मात्र गरेनन् बरु युगल गित समेत गाउनु भयाे। चर्चित गायक कुमार सानुकाे”के सन्देश बाेकी ल्यायौ”बाेलकाे गित गाएर आफ्नाे दमदार प्रस्तुतिबाट दर्शक र काेचकाे मन जित्नु भयाे।

हालसम्मको ८ एपिसाेडमा पाँचथरका चार गायक गायिकाकाे ब्याटल राउन्डमा प्रवेश गर्नु एकदमै सुखद र खुसीको खवर रहेकाे पाँचथरे गितकार मनु याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।तिनजना काेच राजेशमा पर्नुले ब्याटल राउन्डमा भेट हुनसक्ने सम्भावना भने रहेकाे छ।आगामी एपिसाेडहरुमा थप पाँचथरका गायक गायिमाहरुकाे प्रस्तुति देख्न पाइने नै छ।

सम्पूर्ण सफल गायकगायिकाहरुलाई हिलिहाङ डटकम परिवार हार्दिक बधाई तथा साँगितिक सफलताकाे कामना गर्दछौं ।

 

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १ : १५ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता