६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्वकाे मदन पुरस्कार

पूर्वकाे मदन पुरस्कार मानिने विमल कृति पुरस्कारकाे लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

'पुरस्कारकाे लागि ३,३कविता संग्रह,उपन्यास र कथा संग्रह अनि १ ईतिहास पुस्तक छनाेटमा परेका छन्।'



रीता थाम्सुहाङ/धरान,१३,असाेज,नगद रु २लाख र ताम्रपत्र सहितकाे पूर्वकाे मदन पुरस्कारको रुपमा परिचित विमल पुस्तकालयबाट प्रदान गरिने विमल कृति पुरस्कार २०७८को लागि उत्कृष्ट १० पुस्तककाे नाम सार्वजनिक गरिएकाे छ।

२०७८ सालमा प्रकाशित पुस्तकहरु मध्ये ४०जना लेखकहरुले पुरस्कारको निम्ति पुस्तक बुझाएको धरान-१८ मा अवस्थित विमल पुस्तकालयले जनाएको छ।साे मध्ये उत्कृष्ट १० पुस्तकमा कवितासंग्रह,उपन्यास र कथासंग्रह ३,३वटा र एक इतिहासकाे पुस्तक छन्।

कविता संग्रहमा दिपा राईकाे ‘यादकाे सन्दुक’,नरेश राईकाे ‘तेप्लायु’ र प्रणय शंकरकाे ‘कांसभाग’ रहेकाे छ। आख्यानमा कथा संग्रहहरु निर्मल तामाङकाे ‘जब हावा चल्छ’, दिलिप बान्तावाकाे ‘ताल्चा’ र सुनिता राई कन्दङ्बाकाे ‘तिउरी’ रहेका छन्।

उपन्यासमा कवितारामकाे ‘गुरु’,विशाल विश्वकर्मा ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’ र बसन्त बस्नेतकाे ‘महाभारा’रहेका छन् ।ईतिहास तर्फ अर्जुनबाबु माबाेहाङ र अमित थेबे ‘मिहाङ’काे पुस्तक ‘सिरिजङ्गा,फाल्गुनन्द र इमानसिङकाे लेखाेट’रहेकाे छ।

पुरस्कार आगामी कार्तिक १८ गते राष्ट्रिय कविता महाेेत्सव संगै वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ४५ बजे

निकाल्याे माेरङ शिक्षा समन्वय इकाईले प्रावि नियुक्ति प्रयाेजनार्थ पालिका छनौट सुचना

विराटनगर,शिक्षा विकास समन्वय इकाई माेरङले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको