३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिरदेव राय र याङरुप,तत्कालीन समयक्रममा



इतिहास भनेक‍ो भूतकालको वैज्ञानिक अध्ययन हो। अतीतकालिन हाम्रो सभ्यता र संस्कृतिको ज्ञान इतिहासबाट प्राप्त हुने भएकोले लिम्बुवान र गोरखाली युद्धको एकजना नाम नसुनिएको य‍ोद्धा सिरदेेव रायको बारेमा य‍ो अंकमा चर्चा गर्ने प्रयास गरिएको छ।

इतिहास साक्षी छ,नेपाल एकिकरणमा गोर्खा र पल्लो किराँत विजयपुर लगायतका ठाउँहरुमा ठूलो रक्तपातपूर्ण युद्ध र विद्रोह भएको हो।एकिकरणको शुरुआत अभिमानसिं बस्नेतक‍ो नेतृत्वमा अचानक विक्रम सम्वत १८३१ को शुरुमै विजयपुर हमलाबाट शुरु भयो।दरवारिया कलह र विद्रोहबाट आजित भएका राजा कर्ण सेन र चौतारिया बुद्धिकर्ण राय सहजै पराजित भएर अंग्रेज अधिनस्थ विहार भागेपछि उत्साहित  गोर्खाली सैनिक लिम्बूवानको पहाडी क्षेत्र चैनपुर कब्जा गर्न अघि बढे।

तर पहाडी क्षेत्रमा अभिमान सिं बस्नेतलाई ठूलो प्रतिरोधको सामना गर्नुपर्य‍ो।हिलिहाङको नेतृत्वमा सुनुहाङ राय,आसदेव राय र सिरदेवराय र सिक्किमे भोटे लाप्चे सैनिकको   सहयोगमा हिंदाङ,मालवा,धुपु,लेगुवा,भालुमा,पौंठाक,सभाउत्तर,आगला,हेलुवा,लेवाराम लगायतका ठाउँहरुमा सत्रपटक सम्म युद्धहुदा पनि अभिमान सिं बस्नेतले विजय गर्न सकेनन् । त्यहि कारण राजा हिलिहाङलाई सत्रजिते पनि भनिन्छ । पछि विक्रम सम्वत १८३१ श्रावण २२ गते एउटा लालमोहर जारी गरि केही समय युद्ध थामियो।यो लालम‍ोहरमा तमोरपारीका सुन राय,कुम राय,जङ रायलाई सम्बोधन गरेर खाइपाइ आएको खाइनपाइन थामीदिएको उल्लेख गर्दै युद्ध थामिएको पाइन्छ । राजा पृथ्वीनारायण शाहको निधनभएको कारणबाट पनि केही समय युद्ध थामिएको हुनसक्छ।

को हुन् त सिरदेव राय?

यो लालमोहरलाई तमोरवारीका लिम्बुहरुले मान्यता दिएनन् र गोर्खालीविरुद्ध युद्धरत रहे। युद्धको नेतृत्व गर्ने राजा हिलिहाङलाई सहयोग गर्ने सिरदेव राय फागो थरका हुन्।ऐतिहासिक दस्तावेज लालमोहरमा उहाँलाई कतैकतै फागु राय पनि भनेर सम्बोधन गरेक‍ो पाइन्छ ।धनकुटा राजारानी आसपास भएकोले उहाँलाई तमोरवारीको भनिन्छ ।लालमोहरमा देवान बन्धु राना ,सुर्विर राना ,सरदार प्रतिमान राना नेतृत्वको गोर्खा सैनिकलाई माथिबाट भ‍ोटे आयाको छ दरोहान भनिएकोले सिरदेव राय लगायतको सैनिकबलमा सिक्किम र तिब्बत फौजको संकेत पाइन्छ ।

यसरी गोर्खाली विरुद्धको युद्धमा आफ्नो विरता प्रदर्शन गर्ने सिरदेव राय सेनकालदेखि नै प्रजा,रैति,कुरियाको साथ विजयपुरको विश्वास पात्र रहेको  अनुमान गर्न सकिन्छ।

सिरदेव राय र पूर्णानन्द उपाध्याय

तमोरपारी चैनपुरमा फेरि गोर्खाली सैनिकहरुले स्वरुप सिं को नेतृत्वमा आक्रमण गर्दा यो क्षेत्रमा सैनिक, हातहतियार र रसदको लागि पूर्णानन्द उपाध्यायलाई खटाइएको थियो।उपाध्यायले सिरदेव रायलाई आफुसंग मिल्न अनुरोध गरे।तर स्वाभिमानी सिरदेव रायले उनको प्रस्ताव अस्वीकार गरि राजा हिलिहाङलाई नै सहयोग जारी राखे।सिक्किमे देपज्यात रिन्जिङ,घ्याकथुप लगायतको तमोरवारीको सैनिकहरुले गोर्खालीहरुलाई पटकपटक चैनपुर कटाएपनि सम्वत १८३७ को चैनपुरको भयानक लडाइँमा रिन्जिङ मारिएपछि तमोरवारी पनि गोर्खाली अधीन भय‍ो।

सिरदेव राय र लालमोहरहरु

पछि सिरदेव रायले गोर्खालीहरुको कुटनितिक चालको कारण गोरखाली पक्षमा आएको बाध्यता बुझिन्छ ।यद्यपि उनिप्रति गोर्खाली पनि सदैव सशंकित रहेकोले विभिन्न लालमोहरहरु गरेको यसप्रकार पाइन्छ ।

१)सम्वत् १८४८ भाद्र २-अघि तिमीहरुले सुषिम शीत मिलि कुल गरेर ल्याये पनि हारेउ,अघिको जस्तो कुलचुल परिपंच गर्या,सासना दुष पाउला।

तर सोही साल सिरिदेव राय असफल विद्रोह गरि मुगलान भाग्दा फेरि १८५२ सालमा झिकाइएको र थामिदिएको अर्को लालमोहर पाइन्छ जुन यसप्रकार छ-

२)सम्वत्१८५२ भाद्र ७-आगे फागु सिर्देव रायके अठ्चालिस सालमा कुल हुदा भागि ठडियाको प्रजा थामिबक्स्यौ।

यसरी फेरि सिरदेव रायले बसोबास गरेको समयमा रैतिहरुले गडबड गरेकोले अर्को लालमोहर गरिदिए।

३)सम्वत् १८५४ भाद्र १-आगे फागु सिर्देउ राय प्रजालाई मोहर हुंदा षडवड पर्दा फेरिपनि इभ्यां हिटि विचासिं।

यसरी गर्विलो इतिहास कायम गर्ने तथा लिम्वूवानी भूमि तथा पल्लो किरातको लागि आफ्नो सर्वश्व अर्पण गर्ने बलिदानी योद्धा सिरदेव रायको य‍ोगदानको बारेमा थप खोजअनुसन्धान भए उहाँको बारेमा अझ धेर जानिने कुरामा दुइमत रहन्न।आशा गरौं अध्येता तथा अनुसन्धानकर्ताहरुको शोधको थप बिषयवस्तु बन्नेछ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ५२ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।