लोकसेवा आयोगको परिक्षा हलमा केन्द्राध्यक्षको रुपमा म।
परिक्षाहलमा राउन्ड लगाउनेक्रममारुम नं ५ मा अचानक भित्तातर्फको परिक्षार्थीमा मेराे नजर पुग्यो ।एउटा दुब्लो पातलो मानवआकृती आफ्नै सुरमा उत्तर लेखिरहेको थियो।उसले मलाई देखिसकेर पनि नदेखे झै गरिरहेको मैले ठम्याइसकेको थिएँ।उ अर्थात आभाष मेरो कलेजको सहपाठी, मेरो पहिलोप्रेमी ,५ वर्षपछि पहिलोपटक उसको र मेरो भेट भएको हो।अलिकति खुसी,थोरै निराशा।सम्झिएँ सायद त्रिभूजहरुको गनाइमा हाम्रो ति रमाइला पलहरु सम्झिदो हो।आइ क्यूमा महेन्द्र मोरङ कलेजको बोटानिकल गार्डेन, भूगोलको प्रश्नमा विराटनगर र इटहरी अनि उर्लावारी आउदो हो।इतिहासको प्रश्नमा सायद बितेका ति पुराना पलहरु…।
आभाष र आकांक्षा अर्थात उ र म। विराटनगरकाे महेन्द्र मोरङ कलेजमा बी. एस्सी.पढ्दै गर्दा हाम्रो चिनजान भएको थियो।पाँचथरको एउटा दुर्गम गाँउबाट सामान्य सपना बोकेर विराटनगर म बी.एस्सी. पढ्न झरेकी थिएँ भने उ दमकको एउटा सम्पन्न लाहुरे परिवार भएपनि कालान्तरमा अंशबन्डाबाट ठगिएको बाबुको एकमात्र छोरो।क्याप्टेन एल. बी. लिम्बु जसले भिक्टोरिया क्रस जितेको सगौरब हामी बताउथ्यौ उसैको पनाति सन्तान।फस्ट इयरमा हाम्रो भैट अप्रत्यासितरुपमा भएको थियो।पिचरामा रहेको मेरो रुममा म कलेजको छुट्टीपछि फर्कदा चोरी भएको थियो।चोरी पछिको कठिन दिनमा आभाषले सहयोग गरेपछि मित्रता बढेको हो।
“आकांक्षा कस्तो संयोग,तिमी पाँचथरको,म झापाको हामी दुवै मेचीको”लजाउदै लजाउदै उसले बोलचाल आरम्भ गर्यो”फेरि एउटै कलेज,एउटै कक्षा र बसाइपनि एउटै टोलमा ”
“हो नि ,म त तिमी झापाली भन्ने थाहा नै थिएन्”मैले थपें”तिमी त लाहुरे युके,सिङ्गापुरे हुनपर्ने होइन र?” सम्पन्न लाहुरेहरुको बिग्रेको सन्तानको प्रतिबिम्ब म उसमा खोजिरहेंथें।
“हो नि भिडेकै हो गल्लामा,ट्रेनिङ पनि तर म त पोखरामा डोकोमा फेलभएकोले यसरी साइन्स पढ्दैछु हाे “उसले भनिपठायाे।
“देशको पनि सेवा गर्नुपर्छ”मैले सान्त्वाना दिएँ।
“यो तिमीलाई मेरो सानो सहयोग” रु एक हजार दिदै भन्यो।
“म मलाई चाहिदैन “मैले स्विकारिन्”मेरो घरबाट भोली नै पैसा आउदैछ”तर मलाई थाहा थियाे पैसा केही पछिमात्र आउँछ भन्ने।
“पछि फिर्ता गर्नु नि,अहिले तिमीलाई यसको आवश्यकता छ” आभाष पैसा राखेर गयो।
दोश्रो वर्षमा वार्षिक कार्यक्रममा अचानक उसले मलाई प्रेमप्रस्ताव राख्यो। मैले स्विकारिन कारण थियो मेरो पढाइ र क्यारिएर।उ पाे ब्रिटिस लाहुरे क्याप्टेन भि.सी. लिम्बुको परिवारको एकमात्र छोरो,हिङ नभएपनि हिङ बाँधेकै टालो सहि दमक घर तर म पहाडको एउटा सामान्य परिवारको जेठी छोरी।साढे ७ रोपनी पाखो बारी, केहि मन अलैंची फल्ने अलैंची बगान केहि थान गाइबाख्राहरु र तिनिहरुकै आम्दानीबाट सामान्य जिवननिर्वाह गरिरहेको मेरो परिवारले मेरो पढाइमा थेगिरहेको खर्चको म जानिफकार थिएँ।स्नातकपछि कुनै न कुनै काम गरेर मैले मेरो परिवारको आर्थिक अवस्था सुधार्नुको साथै एक बहिनी र एक भाईको जिम्मेवारी निर्वाह गर्नु थियो।मैले उसलाई पढाइप्रति लाग्न तथा उसको र मेरो कुनै प्रकारको आर्थिक र सामाजिक हैसियत समान नभएको दोहोर्याइरहें।शहरिया युवक र गाँउले युवतीको अन्तर सम्झाएँ। तर उ मानेन।लगातारजस्तो मेरो नजिक हुन खोजिरह्यो भने म उप्रति सामान्य बनिरहेै,पढाइमा दत्तचित्त लिइरहे।
एक शनिवार दाेस्राे वर्षका विद्यार्थीहरुकाे पिकनिक आयोजना गरिएको थियाे,दाेमुखामा।माइधारकाे उत्तर नहरको किनारमा रहेकाे पिकनिक स्पटमा रमाइरहेका विद्यार्थीहरुकाे हुलमाझ अचानक म चिप्लिएर लड्न पुगे। तर मलाई अचानक बचाउने बहानामा आभाषले चुम्बन गर्याे ,जीवनकै पहिलाे चुम्बन ।हुनत: उसकाे लागि कुनै नौलाे थिएन हाेला तर मेराे लागि जिवनकै फस्ट किस ओहाे…।रुममा फर्किएपछि धेरै समयसम्म म स्वाभाविक रुपमा आउन सकिन।
फेरि म बाध्य बने उसकाे प्रेमप्रस्ताव स्विकार्न जब उसले आफैलाई आत्महत्या गर्ने धम्की दियाे।म मेराे मायाकाे कारण उसकाे जीवन बाँच्छ भने उसलाई अपनाउन तयार भएँ,सम्पूर्ण मायाको घैलाहरु रित्याउन तयार भएँ किनभने मेराे मायामा कुनै स्वार्थ थिएन र थिएन कुनै मागहरु पनि।म बस् यति चाहन्थे कि उ मेराे बनाेस्,मलाई पनि मैले गरेजस्तै माया गराेस्।
दुई प्रेमिल जाेडीहरुकाे प्रेमकथा कस्ताे हुन्छ? सायद डेटिङ,रेस्टुरेन्ट ,महँगाे गिफ्ट तपाईं यस्तै साेच्नुहुन्छ र हाम्राे पनि त्यस्तै भयाे मात्र ठाउँ र परिवेश फरक।हामी ल्याबमा फिजिक्सका पाेटेन्सियाेमिटरकाे प्राक्टिकल गर्दा आफ्ना भावनाहरु साट्थ्यौ।हामी क्यान्टिनमा नास्ता गर्दा रेष्टु्रेन्टकाे पिज्जा र थकाली खानाकाे मज्जा लिन्थ्यौ भने म्याथमेटिकल एनालाईसिसका थ्याेरमहरुकाे नाेट शेयर गर्दै प्रेमपत्रकाे मज्जाकाे अनुभव गर्थ्यौ।अर्गानिक केमिस्ट्रीकाे रियाक्सन र मेकानिज्म शेयर गरेर प्रेमिल गितहरु गुन्गुनाउथ्यौ।महेन्द्र कलेजको बोटानिकल गार्डेनमा उसको र मेरो सामिप्यता।
तेश्राे वर्षमा स्ववियु चुनाव आयाे।मलाई आभाषले नै स्ववियु सचिवकाे उम्मेदवार प्रस्तावमात्र गरेन प्रचारप्रसार र खटिएर अत्यधिक मतले जितायाे पनि ।पहिलाेपल्ट साइन्स फ्याकेल्टीबाट महेन्द्र माेरङ कलेजकाे स्ववियु पदाधिकारी बन्न सफल भयौं हामी।
र अन्तिम वर्ष आयाे, हामी जाेडताेडले परिक्षाकाे तयारीमा लाग्यौं तर आभाष र मेराे प्रेमसम्बन्ध उत्कर्षमा पनि।हामीले भन्दा पनि मैले कति सुन्दर भविष्यका सपनाहरु सजाएको थिएँ किनभने म एउटा नारी थिएँ र म मलाई आभाषले जुनिभर माया गरिरहनेछ भन्ने कुरामा शंकै थिएन्।म पूर्णरुपमा आभाषप्रति समर्पित थिएँ।
परिक्षापछिकाे खाली समयमा म आफ्नै घर पाँचथर फर्किएर भविष्यकाे गाेरेटाे निर्माणमा गन्तव्य विहिन यात्रु झै भौतारिन बाध्य भएँ भने आभाष काठमाडौं तर्फ।मलाई पाे परिवारकाे केही भएपनि भरथेग गर्न बाध्यता थियाे भने उसलाई त के थियाे र आखिर ब्रिटिस लाहुरे क्याप्टेन एल.बि.लिम्बुकाे दरसन्तान।
र अचानक थाहै नपाइ हाम्रो प्रेममा कसैको नजर लाग्यो।शुरुवात जसले गरेको थियो अन्त्य उसैले।
याे पछिकाे समयमा विस्तारै उसले मलाई इग्नाेर गर्न थालेकाे महशुस गरे जब उसले मलाई फेसबुकमा अनफ्रेन्ड गर्याे।मेराे म्यासेन्जर कल,ह्वाटसएप कतैपनि सम्पर्क नभएको र मलाई पनि फाेन सम्पर्कमासमेत ब्ल्याकलिस्टमा राखेपछि म हतप्रभ भए।सम्पर्ककाे कुनै माध्यम नभएपछि म दमकमा साथीहरुसंग सम्पर्क गर्न समेत असमर्थ भएँ।जसरी उसले मलाई नचाहदानचाहदै पनि जितेकाे थियाे आज त्यसरी नै हराएर गयाे। आखिर प्रेमकाे शुरुआत उसैले गरेकाे थियाे र अन्त्य पनि।तर मैले भने चाेखाे माया गरेेकाे थिएँ भने जुनिभर उसैकाे हुन चाहन्थे।
पछि बी.एस्सी.काे नतिजा आयाे आभाष र मैले दुवैजनाले राम्राे अङ्ककाे साथ उत्तीर्ण गरेका थियौँ ।प्रमाणपत्र लिनजाँदा पनि उसंग भेट हुने आशा राखेकाे थिएँ भने त्रिविकाे दिक्षान्त समाराेहमा पनि।तर आभाष कसै देखा परेन,कतै फेला परेन।चाहेकाे भए उसले मलाई फाेन गर्न सक्थ्यो,पाँचथर भेट्न आउन सक्थ्यो।तर अहँ कतै पनि त्यसाे गरेन,म एउटा केटी मान्छे कसरी उसलाई राेक्न सक्थें र?भेटभएकाे भए मात्र साेध्न चाहन्थे मेराे काे दाेष थियाे? निष्ठुरी भनेर।किन सुन्दर सपना देखाएको थियौ भनेर।
एकदमै विक्षीप्त त्यो समयको कठिन प्रहारको म कसरी बयान गरौं खै..एउटा टुक्रिएको सपना,गुमाएको विश्वास र गन्तब्यविहिन यात्री म।
धेरैले धेरै सपना देखाए,आआफ्नैप्रकारको।
आकांक्षा- अष्ट्रेलिया जाउ,स्टुडेन्ट भिषामा साथी प्रतिक्षाको सुझाव।
आकांक्षा-तिमी कोरिया जानुपर्छ,पाँच वर्षमा शहरमा घर बन्छ फेरि भाइबहिनिहरुको पढाइ र बुढा भैसकेका बाबुआमाको सहारा हुन्छ साथी प्रतिमाको सुझाव।
आकांक्षा-माविको साइन्स टिचर बन घरमै लिन आउनुभयो हेडसर।
यो मेरो भतिजो युकेको लाहुरे हो यसपाली पहिलो छुट्टीमा आएको छ-फुपुले भेट गराउनुभयो।
समय आफ्नै रफ्तारमा बगिरह्याे।मेराे पहिलाे प्रेम,फस्ट किस लिने आभाषकाे अनुपस्थितीले मलाई कमजाेर हैन अझ बलियाे बनायाे।क्याम्पसमा स्ववियु सचिव जितेपनि म भित्रकाे काेमल नारीपनाको भावुक र दयालाग्दाे प्रतिविम्व प्रतिविम्बित भइरह्याे।
काठमाडौं आइपुगेपछि लाेकसेवा आयाेगकाे तयारीमा आफुलाई समर्पित गरें।कठिन मेहनत आत्मविश्वास र धाेका खाएको कारण केही देखाउने उत्कट अभिलाषाकाे कारण म सामान्य प्रशाशनतर्फ शाखा अधिकृत हुन सफल भएँ।सुदुर पूर्व पाँचथरको एउटा कृषक परिवारकाे छाेरी आज निति निर्माणकाे कार्यान्वयन गर्ने प्रशासक पदमा रहन सफल भएँ।
“टिङ टिङरिङङङ”कार्यालय सहयोगीको परिक्षाको समय सकिएको घन्टीको आवाजले म झल्यास्स भएँ।ओहो कति छिटो एकघन्टा बितिसकेछ।
जनाउ घन्टीकाे टिङटिङ बजेपछि म बिस्तारै कार्यालयबाट बाहिर निस्किएँ।सयौ परिक्षार्थीहरु परिक्षाहलबाट बाहिरिदै गरेकाे दृश्य बिचमा म भने उसैलाई खाेजीरहेकी थिएँ।
उहीँ दुब्लाे मानवआकृती अर्थात आभाष परीक्षा हलबाट सडकमा बिस्तारै निस्कियाे अनि बिस्तारै सडकछेउमा रोकिराखेको स्कुटरमा चढ्यो साथमा रमला मेरो साथी चढिन् जसको सिउदोमा सिन्दुर र गलामा पोतेचुरा अनि साथमा सानो बाबु थियाे।
म भने भाउन्न भएर भित्र प्रवेश गर्न सकिन निराकार हेरिरहें आभाषलाई ओझेल नभएसम्म।मनमा रहेको अलिकति आशाको त्यान्द्रो पनि चुड्यो गर्ल्यामगुर्लुम।
प्रतिक्रिया