८ माघ २०८१, मंगलबार | January 21, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कथा:-समयक्रम



हिलिहाङ साहित्य:-कथा-समयक्रम
कथाकार-मनु योङहाङ

उर्लावारीदेखि अलि तल राजघाट दुर्गापुरी बजार,केहि पूर्व गएपछि पुगिन्छ इन्द्रझोडा। इन्द्रझोडामा रीता मेडमको घर र जग्गा।
मोरङ जिल्लाको सुदुर पूर्वमा रहेको उर्लावारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रीता मेडम।
नगरपालिकाले करारमा एकजना कार्यालय सहयोगीको विज्ञापन माग गरेको थियो।लिखित र मौखिक परिक्षापछि पनि नतिजा सार्वजनिक भैसकेको थिएन भने एकजना उम्मेद्वार भने केहि समयदेखि नै नगरपालिकामा लगातारजस्तो आइरहन्छ।
र आजपनि.
“मेडम मलाई प्रकाशले तपाईलाई भेट्नु भन्नु भएकोले”
अचानक मेडम रीता एउटा याचनाको आवाज आएतर्फ नजर दिनुहुन्छ।
कताकता सुनेजस्तो,पहिचान भएजस्तो आवाज।
कताकता देखेजस्तो पहिचान हुन नसकेजस्तो अनुहार।
एउटा अधबैसे महिला,सामान्य पहिरन।
ठ्याम्मै स्मृतिमा पहिल्याउन असफल भएपछि मेडम अलिकति आवाज दिनुहुन्छ”बस्नोस न ”
“मेडम परिवार पाल्नु छ,फेरि कोठाभाडा पनि महंगो छ,दुइजना नानीहरु छन्” एकै सासमा आफ्नो दु:खेसो पोखेपछि छेवैमा रहेको कुर्सी तानेर बस्छिन्।
“ए,अनि घर कता,श्रीमान के काम गर्नुहुन्छ?”
“म.. म चिउरामिल छेवैमा भाडामा बस्छु,पहिले सानो पसल चलाउने गर्थे,सबे कोरोनाले”आँखाभरी आँशु बरर निस्कियो उनको”मेरो खसम पनि कोरोनाले लग्यो”
“कति भयो नि यहाँ आउनुभएको?”रीता मेडमले सोध्नुभयो”पहाड कता हो नि घर”
“याङनाम हो घर,विस वर्ष हुन लागेछ उर्लावारीमा झरेको,प्रतिमा जवेगु हो मेरो नाम सपना पनि भन्छन्,श्रीमान चट्टान”
“ओहो कति राम्रो नाम, सपना,हुन्छ भोलीदेखि आउनु कार्यालय सहयीगीको काम हो ”
———————–
सपना र प्रतिमा घर याङनाम,पाँचथर।
कतै सुनेजस्तोआवाज,कतै देखेजस्तो परिचित मुहार।
सपना र चट्टान । बिजुली ले सपनालाई चिनिसकिन् तर यहि सपना हो कि अर्कै दोमन छ रीता मेडमको मनस्तिथी।
हाम्रो आदर्श,विश्वाश र आइकन सपना …र यो सपना ओहो।
मेडम रीता सर्लक्कै याङनामको सुर्केनागी माथिको आकासेमा पुग्नुहुन्छ झण्डै पच्चिस वर्ष अघि।
प्रतिमा जवेगु उर्फ कमरेड सपना,इलाममा बि.एड.फस्ट इयर पढ्दा पढ्दै क्रान्तीमा होमिएको योद्धा।
“कमरैड जस्तोसुकै परिवेशमा पनि दुश्मनसामु झुक्नुहुन्न।”सेक्सन कमान्डर सपना साहसको सपना देखाउनुहुन्थ्यो “यो मुठ्ठीले सम्पूर्ण किसान मजदुरहरुको सपना बुलन्द गरेको छ”
भरखरै गोपेटार आक्रमणपछि फिर्ता भएको यो सेक्सनको कमाण्डिङ गरिरहेको सपनामा अद्भुत जोश र साहस थियो।
“हाम्रा साथीहरुले देश र जनताको लागि बलिदान हुनुभएको छ,शदाहत प्राप्त गर्नुभएको छ,उहाँहरुको कसम र योगदानलाई कदापी बिर्सनु हुदैन”
रीता त्यही सेक्सनको एउटी मिलिसिया बिजुली कक्षा सात पढ्दापढ्दै जनसेनामा भर्ना भएको र सपना कमान्डर।उमेरमा आफुभन्दा केहिवर्ष सिनियर।
साँच्चीकै सपनामा भएको जोश र उत्साहले युवावयको बिजुलीको रगत पनि बुलुक्क उम्लन्थ्यो।
इन्सास राइफल बोकेर परेड खेल्दा कति राम्रो स्वरमा गाउथिन् उनि ताल सुर मिलाएर”हेरन शहिदहरुलाई नेपालीको अनुहारमा हाँसीरहेको,उनको बास सूर्यलोकमा जहाँ उनि बाँचिरहेको,उनको बास चन्द्रलोकमा जहाँ उनी हाँसीरहेको”
लाग्थ्यो संसारको सबैभन्दा ठूलो शत्रु भनेकै प्रतिक्रियावादीहरु र गद्धारहरु हुन्।
र यो क्रान्तिले अवश्य संसारमा सबैखाले विभेदहरु हटाउनेछ।
स्कुल पढ्दापढ्दै बुर्जुवा शिक्षा पढ्न छाडेर पूर्णकालिन क्रान्तिमा होमिएको रीता उर्फ बिजुली र कलेज छाडेर युद्धमा होमिएको प्रतिमा उर्फ सपना ।
बिजुली र सपनाले कैयन मोर्चाहरु सम्हाले। आफ्ना कैयन साथीहरुलाई आफ्नै आँखाअघि ढलेको देखे।
सिराहाको मोर्चामा त कानैछेउबाट गएका गोलीहरुबाट भाग्यले जोगिएका उनीहरु,पछि निकै लामो समयसम्म सपना बिरामी हुंदा बिजुलीले हेरचाह
गरिन् भने भाग्ने क्रममा बिजुली घाइते हुंदा सपनाले मलम लगाइन्।
तर भोजपुरको भिडन्तपछि बिजुली र सपना छुट्टिए ।
धेरैपछि सुनियो,सपनाले मोर्चा छाडिन् रे,कुनै जनमिलिसियासँग विवाह गरेर घरजम बसाइन रे।
——————————–
देशमा जनयुद्ध थामियो।
बिजुली भने घर फर्किइन अयोग्य लडाकु भएर।
पाँचथरको त्यो उत्तरी गााँउमा अब भने बिजुली उर्फ रिताको लागि सबै बाटो बन्द भइसकेको थियो।घरपरिवारबाट राम्रै सहयोग भएतापनि समाज र गाँउको नजरमा उनि अयोग्य लडाकु थिइन्।जिवनका उर्वर समयमा पाइला चाल्दै गरेको उनिसामु अब संसारलाई वास्तविक रुपमा हेर्ने र बुझ्ने अवसर प्राप्त भयो,सफलतामा मात्र ताली बजाउने तर असफलतामा चटक्कै बिर्सने संसारको नियम। विद्यालय पढ्दैगरेका साथीहरु आआफ्नै संसारमा सफलताको स्वादहरु चाखिरहेका थिए। कोहि व्यापारमा सफल,कोहि सरकारी जागिरे । तर रिता.. न त उनिसंग उचित शिक्षाको सर्टिफिकेट नै थियो, न त काम गरेका अनुभवहरु थियो त मात्र जनयुद्ध लडेका अनुभवहरु,केहि घाउचोटपटकका खतहरु र उद्वेलित मनहरु।
केहि समय त ठिकै नै वित्यो पछि शुरु भयो उनको असफलताका चर्चाहरु।
तर घरमा भने हुर्केकी कान्छी छोरीको विवाह गरिदिने कुण्ठित र गुम्सिएको गुनासो पनि।
चरम निरासा र विचलनमा झण्डै झण्डै डिप्रेशनमा पुगेको रीताको हात र साथ समाउन आइपुगे राजु ।
“अब रीता छोरीलाई बिहे गरिदिनु पर्यो,काका उमेर पनि त भै सक्यो।मेरो त यो बेलामा जेठो छोरो भैसकेको थियो।” कान्छी फुपुले कुरा झिकिन्।
“हुन त हुन्थ्यो नि तर कसले पो बिहे गर्ला त कान्छीलाई? उसै ल लडाइबाट फर्केको” बुबाको चिन्ता।
“छन त छ मिक्लाजुङको,मेरो मितछोरा राजु,अलिक उमेर खाएको”
दुइहजार त्रिसठ्ठी सालको अन्ततिर अलिक टाढाको साइनो पर्ने आफन्तले राजु लुङ्गा र रीताको विवाहको कुरा चलाए। अयोग्य लडाकु नै सहि तर एउटा भरखर अठाह्र वर्षे यौवनाको सामुन्ने अधबैसे तर शिक्षित र बेरोजगार युवक संग जवरजस्ति जस्तो जोडी बाधियो र यसैमा मखलेल थिए रीताका परिवारहरु कम्तिमा पनि रीताको घरवार त भयो।
भनिन्छ इश्वरले चिताएको कुरा पुर्याइदिन्छ रे।विवाहपछि पाँचथरको सुदुरदक्षिणमा आफ्नो कर्मघरमा रहेको रीताले आफूलाई जवरजस्त परिवर्तन गरिन। संसारमा आफ्नो केहि न केहि पहिचान देखाउने चाहना र अभिलाशा तथा सो कार्यमा साथ र सहयोग दिन राजु श्रीमानलाई अनुरोध गरिन्।
“म,कक्षा आठको विशेष परीक्षा दिन्छु मेरो नाम रजिष्ट्रेशन गरिदिनुहोला”रीताको राजुसमक्ष अनुरोध आयो एकदिन।
कक्षा आठ पासभएपछि विशेष कक्षा लिएर एसएलसी उत्तिर्ण गरिन् ।पहिलो सन्तान सम्झौताको जन्म र एसएलसीको प्रमाणपत्रको दोहोरो खुसी एकैपटक भित्रियो।
एसएलसीमा सफलतापछि राजुले रीताको कक्षा ११ मा भर्ना गरिदिए स्थानिय चन्द्रेश्वर उच्चमाविमा ।
दुइवर्षपछि कक्षा बाह्रको प्रमाणपत्र र दोश्रो सन्तान सम्भावनाको जन्मको दोहोरो खुसीयाली फेरी फैलियो परिवारमा।
चार वर्षपछि रवि बहुमुखी क्याम्पसबाट रीताले अर्थशास्त्रमा स्नातक पूरा गरिन्। यो विचमा उनलेकहि कतैबाट पनि आफूलाई अयोग्य लडाकु भनेर खुलाइनन्।कमरेड बिजुली पूरै बिलायो उसरी नै जसरी चट्याङ परेपछि बिजुली हराउछ।
२०७४ सालको एकदिन
“अब म बिए पास भैसकैं,एकपटक लोकसेवा आयोगको परिक्षा दिनपर्यो” रीताले राजुसमक्ष पारिवारिक कुरा राखिन्।
परिवारका सहमतीमा रीता लोकसेवा आयोगको तयारी कक्षा र फर्म भर्न काठमाडौं आएर शाखा अधिकृत,नायव सुब्बा,खरिदार तथा बैङ्क सहायक सबैमा चासो राखिन्।
लोकसेवा तयारी कक्षा पछि परिक्षामा सहभागी भएको केहि समयपछि
“बधाइ,रीता मेडम,प्रथम पत्र र दोश्रो पत्र सफल हुनुभएकोमा” काठमाडौंको लोकसेवा तयारी कक्षामा संगै पढेको साथीको बधाई आयो,”कम्प्युटर सीप परिक्षण र अन्तर्वार्तामा राम्रो गर्नुहोला”
“तपाईको एकिकृत नामलिष्टमा टप टेनमा परेको छ सामान्य प्रशासनतर्फ”
परिवारको साथ र सहयोगको कारण खुलातर्फ सिफारिस पछि उनि ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयमा सिफारिस भइन् रीता।
आज केहिवर्ष पछि उर्लावारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छिन् रीता मेडमको रुपमा ।
—————
भोलिपल्ट कार्यालय सहयोगी सपना कार्यालयमा हाजिर भइन्।
“टिनिन्न” कलवेलको घन्टिसंग प्रमुख प्रशासकिय अधिकृत रीता मेडमबाट आफ्नो कक्षमा कार्यालय सहयोगी सपनालाई बोलाहट आयो।
“यस मेडम,म..म ”
“सपना,जिन्दगी पनि सपनाजस्तै छ नि,म त जीन्दगीमा पटकपटक मृत्युनजिक पुगेर फर्केको मान्छे”रीता मेडमले कुराकानीको शुरुवात गर्नुभयो”अ तिमी सपना,तिम्रो सपनाचाँहि,हेरन शहिदहरुलाई ”
“अरे मेडम” अनायसै सपनाको मुठ्ठि कसियो फेरि अनुहारमा आएको उनको आभा एकैक्षणमा लोप भयो ।
“हेर प्रतिमा ए.ए सपना तपाइ करारको कार्यालय सहयोगी कसरी आज यहाँ”रीता मेडमबाट सोधियो “सबै साँचोसाँचो भन्नुहीस् म तपाइको हाकिममात्र होइन साथी र अभिभावक पनि हुँ ”
—————————–
दुइ हजार उनान्साठी सालको चैत्रको महिना ।
गुल्मी आक्रमण पछिको पराजित सेक्सनमा सपना र चट्टान संगै लडेका र पराजित भएर फर्किएका ।
लडाईमा हारपछिको नैराश्यताभन्दापनि सेनाको सर्चमा परेर यातना तथा हिरासतमा रहेका यी जोडीहरु।यहि हिरासत तथा यातनाबाट भन्दापनि ज्यान जोगाउन बाध्यताबस बिहेमा बाँधिएका छापामारहरु ।
अढाइ वर्षपछिको देशमा शान्ति प्रक्रिया शुरुभएपछि हिरासतमुक्त भएर बाहिरी संसारमा निस्किए एकजोडी योद्धाहरु।
तर अढाइ वर्षमा वाहिरी संसार र जनयुद्धमा पनि धेरैनै परिवर्तन भइसकेको थियो । हिजोको सपना र चट्टान अब मामुली कार्यकर्तामा परिणत भइसकेका थिए भने संगै मोर्चामा लडेकाहरु कोहि पार्टिका माथिल्लो मोर्चामा त कतिपयले भने संसारबाट विदा लिइसकेका थिए।
र छानविन भयो लडाकुहरुलाई सेनामा समायोजन गर्ने र अयोग्य लडाकुहरुलाई क्षतिपूर्ती दिने ।तर सपना र चट्टान भने कतै अटाएनन्।न त सेना नै रहे न त क्षतिपूर्ती नै,आखिर सेनाको घेरामा परेर पक्राउमा परेका र झन्डैझन्डै बेपत्तामा पारिएका थिए नि उनिहरु।
“सर हामीले पनि महान युद्धमा रगत र पसिना बगाएका छौं ।हाम्रो नाम कतै नराखिनु सरासर अन्याय भयो” सपनाले आफुले युद्धमा ज्यान जोगाइदिएको कमिसारसमक्ष निवेदन पुर्याइन तर प्रमाण खोजियो।
“हेर्नुहोस यस्ता निवेदनहरु हजारौको संख्यामा आएका छन्”कमिसारले निवेदन दर्ता समेत नगरी फर्काए”युद्ध हो सबैले साथ र सहयोग त गरेकै छन् नि”
हिजो पो उमेर थियो,जोश थियो तर आज यातनाबाट थिलथिलो भएको शरिर र शुन्य हात सिर्फ शरिरमात्र ।
र निराश भएर काठमाडौबाट पाँचथर फर्कन्छन् उनिहरु।
बर्मा गए कर्मसंगै,नेपाल गए कपालसंगै भनेजस्तै सपना र चट्टानको जोडी याङनाम आकासेमा फर्किन्छन्।
तर ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेझै गाँउघरमा पनि निराशासिवाय केहि पाएनन्।
यता घर ध्वस्त सेनाको अपरेशनमा परेर भने उता बुबाआमा विस्थापित झापातिर र गाँउभरि बदनामी जनकारवाहीलाई लिएर।
अनि गाँउघर र समाजबाट तिरस्कृत र अपहेलित उनिहरु पनि मोरङको उर्लावारी आइपुग्छन् एकजना आफन्तको साथमा।
उर्लावारीमा के के पो गरेनन् र।
ज्यामी काम,मिस्त्री काम,होटल संचालन,ठेक्कापट्टा,जग्गा ब्रोकर..
यसैविच कोरोनाको महामारी फैलिन्छ,काम र पसल सबै बन्द हुन्छ।अलिअलि गर्दै बचत र व्यापार कमि हुदैजान्छ ।
एकदिन कोरोनाकै कारण चट्टानको निधन हुन्छ।
———————–
सपनाको आँखाभरी आशु छचल्किन्छ। रीता मेडम पनि कालो चस्माभित्रै आँशु लुकाउनुहुन्छ तर सपनालाई भन्न सक्नुहुन्न म बिजुली हूं भनेर।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ०३ बजे

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु

कारागार चलान भए पनि बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटी अस्पतालमै

झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती

चीनको भूकम्पमा परेर हालसम्म ५३ को मृत्यु, ६२ घाइते

काठमाडौँ । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका