१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ऐतिहासिक हिलिहाङ दरवार प्रवेशद्वार उद्घाटन तथा २९६ओ हिलिहाङ जन्मजयन्ती मनाईयाे



हिलिहाङ,पूर्वि नेपालकाे अन्तिम लिम्बू राजा हाङ हिलिहाङ याेङहाङकाे २९६ओ जन्मजयन्तिकाे अवसर पारेर ऐतिहासिक हिलिहाङ दरवार प्रवेशद्वार हिलिहाङ गेट मेची राजमार्गको याङवरक-६, हिलिहाङ चाेकमा उद्धाटन गरिएको छ।

जनस्तर विशेषगरी हिलिहाङकाे सन्तति याेेङहाङहरुकाे आर्थिक र प्राविधिक लगानी सहित रु ७० लाखकाे लगानीमा प्रदेश १ कै वैभवशाली प्रवेशद्वारकाे रुपमा हिलिहाङ गेट बनेकाे आर्थिक संकलन संयाेजक तथा किराँत याेङहाङ कुलबंश प्रतिष्ठानकाे अध्यक्ष धनराज याेङहाङले बताउनु भयाे।

पछि हिलिहाङ दरवार आसपास हिलिहाङ म्युजियमकाे कम्पाउन्डमा २९६ ओ हिलिहाङ जन्मजयन्ती मनाइयो।हिलिहाङ गेट निर्माणमा आर्थिक तथा प्राविधिक सहयाेग दाताहरुलाई सम्मानित गरिएको साे कार्यक्रममा च्याब्रुङ नाच सहित उल्लेखनीय रुपमा जनसहभागिता थियाे।

सन् १७१८ अक्टोबर २४ मा ऐतिहासिक स्थल हिलिहाङ दरवार हस्तपुरमा जन्मनु भएकाे लिम्बूवानकाे अन्तिम राजा हाङ हिलिहाङ याेङहाङले गाेर्खाली राजा पृथ्वीनारायण शाहकाे विरुद्ध सिक्किमको भाेटिया र लेप्चा सैनिकको सहयाेगमा सत्र पटकसम्म गाेर्खाली सैनिकलाई अरुण तर्न दिएको थिएनन् ।पछि लिम्बूवानका अन्य राजाहरु गाेर्खालीसँग मिलेर वि.सं.१८३१ श्रावण सुदि २२मा ताम्रपत्र गरेकोले मिलेका लिम्बू राजाहरुकाे सहयाेगमा बल्लतल्ल अभिमान सिं बस्नेत र प्रभु रानाले चैनपुरबाट पूर्व हाङ हिलिहाङकाे राज्यमा दखल गरेकाे देखिन्छ ।

“सिक्किमे भाेटिया सैनिककाे क्याम्प भाेटेगढी तथा लाप्चे सैनिकको क्याम्प लाप्चे गढी अझैसम्म पनि हिलिहाङ-३ मा उपेक्षित रुपमा  रहेकाे तथा विस्मृतिकाे रुपमा एकाध बुढापाखाहरुले उच्चारण गर्ने गरेकाे छ “साम्रे आधारभूत विद्यालयकाे शिक्षक दिपेन्द्र याेङहाङले हिलिहाङ डटकमलाई बताउनुभयो ।

“गाेर्खाली सैनिककाे अत्याचारको कारण ३२,००० लिम्बू सहित हाङ हिलिहाङ याेङहाङ हिलिहाङ दरवारबाट सिक्किम पलायन हुनु भयाे किनकि सिक्किमे रानी थुङवाफुक्मा उहाँको फूपू हुनुहुन्थ्यो र सिक्किमकै हिपातालमा सन् १७८५ मा हाङ हिलिहाङकाे निधन भयाे”समाजशास्त्र तथा मानवशास्त्रमा थेसिस गर्नुभएको र एम.फिल.काे शाेधार्थी शिक्षक दिपेन्द्र याेङहाङले हिलिहाङ डटकमकाे जिज्ञासामा बताउनु भयाे।उहाँले थप्नु भयाे”सिक्किमको भाेटिया र लाप्चे सैनिकको सहयाेगलाई पछि सम्बत् १८३९ श्रावण वदि ८ राेज ५ र हाङ हिलिहाङकाे निधनपछिकाे सम्बत् १८४१ चैत्र वदि ७ राेज ५ र संबत १८४३ बैशाख वदि ५ राेज ५ काे लालमाेहरबाट सम्पूर्ण जिउधनकाे सुरक्षा र फिर्ता गरिदिने रणबहादुर शाहकाे लालमाेहरबाट फर्केको हिलिहाङका सहयाेगीहरु,सन्ततीहरु,  लिम्बूहरुले फरक व्यवहार अपनाएपछि ठूलै काटमार र विद्राेह भएको थियाे,यसैकाे फलस्वरूप चेलिकाे श्राप मिङ्सा परेकाे बुढापाखाहरु भन्छन्।”

प्राचीन दरवारकाे भग्नावशेषकाे मौलिकतालाई  संरक्षण गरि जाेगाउने र  प्रवर्द्धनमा चासाे दिइनुपर्ने अवलोकनकर्ताहरुकाे महशुस गरिएको उक्त कार्यक्रम सभ्य र भब्य थियाे।

हिलिहाङ गाँउपालिकाकाे अध्यक्ष समरबहादुर अधिकारी,वडा नं ४ काे वडाध्यक्ष बृहस्पति गिरी,याङवरक गाँउपालिकाकाे अध्यक्ष सुवास याेङया,याङवरक-६ का वडाध्यक्ष राेहित याेङहाङ अतिथी रहनु भएको साे उद्घाटन तथा २९६ओ जन्मजयन्ती कार्यक्रमकाे अध्यक्षता हिलिहाङ फाउन्डेसनको अध्यक्ष हर्क याेङहाङ र सन्चालन सचिव प्रकाश याेङहाङले गर्नुभएकाे थियाे।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  २ : ३० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको